काठमाडौं,२१ भदौ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७÷७८ को लागि पक्लिहवा क्याम्पसमा सञ्चालन हुने पशु चिकित्सा स्नातक तहको शैक्षिक कार्यक्रममा अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक विद्यार्थीहरूको लागि मिति २०७८।०५।२० गतेबाट आवेदन दिन सकिनेछ ।
आवेदकले सूचना माग भए अनुसारका विवरणहरु अनलाइन अपलोड गरी पठाउनु पर्नेछ । त्रिवि बाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह उत्तिर्ण गरेका आवेदकहरुले भर्नाको समयमा समकक्षताको सक्कल प्रमाणपत्र पेश गर्नुपर्नेछ ।’