चितवन,१८ भदौं । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका पाँच थान मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतिपुर बस्ने ३१ वर्षिय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाईकल वर्कशपमा कामगर्ने कलैया उपमानगरपालिका वडा नम्बर ६ का ३५ वर्षिय कृष्ण साह रहेका छन् ।
कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्बजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ओमप्रकास अधिकारीका अनुसार बुलेट मोटरसाईकल दुई थान, पल्सर २२० सिसिको २ थान, पल्सर एन।एस एक थान वरामद गरिएको हो । यस्तै दुई थान मोटरसाईकलको भाइजर, मोटरसाईकल चोरी तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्री मोटरसाईकलका बिभिन्न किसिमका पाठपूर्जा, पुराना सामान झिकिएका मोटरसाईकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र बिभिन्न जिल्लाका नागरिकता प्रमाण पत्रको खाली काड १८ थान वरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
चोरीका मोटरसाईकलहरु मध्ये ४ वटा काठमाडौंका बिभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताउनुभयो । निज श्रेष्ठ यस अघि पनि यहि अभियोगमा पक्राउ परेका थिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र रु ३० हजार जरिवाना हुने उहाँले जानकारी दिनुभयो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।
चोरीका मोवाईल सहित २ जना पक्राउ
पूर्बी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोवाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरे बस्ने २२ वर्षिय कृष्ण तामाङ् र १६ वर्षिय वालक रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
उनीहरुले भदौ १२ गते मोवाईल पसलमा चोरी गरि १९ थान मोवाईल, डमी मोवाईल १२ थान, ल्यापटप १ थान र घडि चार थान चोरी गरेका थिए । पक्राउ परेका उनीहरुको साथबाट डमि मोवाइल बाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक ३ वर्ष कैद र रु ३० हजार जरिवाना दावि गिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।