काठमाडौँ,१८ भदौ । बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको बिहिबार निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाएको छ । त्यस्तै उनको पछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
‘बीग बोस १३’बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थको निधनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था विग्रिएको मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । त्यस्तै उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।
सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । ‘बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन् । उनीहरुको सामाजिक संजालमा लोभलाग्दो फ्यान फलोअर्स समेत छन् ।