• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

कालिका नगरपालिकामा कयर खोलाको पुलको ग्याबिन वगाउँदा स्थानियलाई दुःख

चितवनः कालिका नगरपालिकामा पर्ने कयर खोलाको पुल र सडक जोड्ने ग्याबिन वगाए पछि स्थानियले दुःख पाएका छन् । पुल सम्पन्न हुनै लाग्दा त्यसकै साहारामा आवतजावत गर्दै आएका उनीहरुले ग्याविन वगाए संगै दुःख पाएका हुन । वर्षातको समय होस वा अन्य समय सडक सञ्जाल जोड्ने पुलको ग्याबिन खोलाले वगाए पछि त्यहाँका स्थानिय सदरमुकाम आउनलाई समेत खोला तर्नु पर्ने बाध्यता रहेको छ ।

तीन दोभानबाट उर्लिदै आएको कयर खोलाले गत असार १७ गते पुलको ग्याबिन भत्काएको हो । स्थानिय कालिका नगरपालिका वडा नम्बर १० का बम वहादुर चेपाङले पुलको ग्याविनको मर्मत नहुँदा दुःख पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “पुल मर्मत नहुँदा गाउँमा कोही पनि विरामी नपरेहुन्थ्यो भन्ने लाग्छ । त्यतिमात्रै होइन शहरमा जानुपर्ने काम नै नपरे हुन्थ्यो भन्ने हुन्छ । तर के गर्ने जानै प¥यो ।” विरामी भए वा बजारमा काम परेर जानुपरे ज्यानै जोखिममा राखेर जानु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । ग्याविन भत्कीदाँ गाउँमा यातायात सम्पर्क बिच्छेद वनेको छ ।

भत्किएको ग्याबिन आज सम्म पनि मर्मत नहुँदा सहज आवतजावत गराउन स्थानिय तहले खासै चासो नदिएको उनीहरुले आरोप लगाएका छन् । कालिका नगरपालिका वडा नम्बर ११ का दिनेश प्रजा ग्याबिन मर्मत नहुँदा खोला तर्ने क्रममा ज्यानै जाने हो कि भन्ने डर लाग्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ग्याविन मर्मतका लागि कसैले चासो दिएका छैनन् ।”

साबिक सिद्धि गाउँबिकास समितिका अध्यक्ष कृष्ण वहादुर प्रजाले स्थानिय सरकारले यहाँका जनताको पिडा बुझ्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “वाढिले बगाएको भागमा जतिसक्दो चाँडो मर्मत गरिनु पर्छ । यहाँका जनताको माग सुनुवाई हुनु पर्छ ।”

वि. सं. २०६९ सालको साउनमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सिद्धी जान आउँदा वाढिका कारण ट्याक्टरबाट तर्नु परेको थियो । सो बाध्यता पछि निर्माण गरिएको पुलको ग्याबिन भत्किदा समस्या भएको चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बताउनुभयो । उहाँले भन्नुभयो “पुलमा जाने वाटोनै वगायो अब कसरी आवतजावत गर्ने ।”

डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुरले निर्माणको जिम्मा लिएको पक्की पुल ३५ मिटर लम्वाई र ८ दशमलव ४ मिटर चौडाईको छ । रु ३ करोड ७० लाख २५ हजारको लागतमा बन्दै गरेको पुल निर्माणको काम अन्तिम चरणमा छ । वि. सं. २०७७ असार ३० गते सम्झौता भई वि. सं. २०७८ साल पौष २९ गते सक्ने लक्ष्य रहेको छ । पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भई सकेको समयमा खोलाले पुल संग जोड्ने ग्याविन वगाएको हो ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ठेकेदार कम्पिनिले बिमाको क्षेती दावीका लागि समय लागेकाले निर्माणको काम रोकिएको बताउनुभयो । बिमा कम्पनीले स्थलगत अनुगमन गरिसकेकाले अब केही दिनमानै निर्माणका काम सुरु हुने उहाँको भनाई छ । पुल नबन्दा सास्ति पाएका स्थानियले पुल बनेर हिड्न मिल्ने हुँदा समेत जोखिम मोल्नुपर्ने बाध्यता छ । यसबाट कालिका नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दा प्रभावित भएका छन् ।रासस

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.