चितवन,१७ भदौं । भरतपुर महानगरपालिका वडा नम्वर दुई क्षेत्रपुरमा एक वेवारिसे पुरषको शव भेटिएको छ । बिहीबार बिहान ११ बजेतिर क्षेत्रपुर स्थित रामेश्वर मन्दिर नजिक सडक किनारामा लडिरहेको अवस्थामा अन्दाजी ४५ बर्षको पुरुषको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले परिचय नखुलेको एक पुरुषको शव भेटिएको जानकारी दिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले मुचुल्का उठाई शव परिक्षणको लागि भरतपुर अस्पताल पठाईएको अधिकारीले बताए ।
घटनाको बिषयमा र शव कसको हो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।