चितवन, भदौ ११ –
निरन्तर झरी परिरहेका कारण नारायणी नदीको बहाब बढीरहेको छ । नारायणीमा आएको बाढी हेर्नेहरुको घुइँचो लाग्न थालेपछि प्रहरीले लखेटेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बाढी आइरहेकाले नारायणी किनारमा जाँदा जोखिम हुने भएकाले भिडभाड नगर्न आग्रह गरिएको जनाएको छ । यस्तै कोभिड–१९ का बेला धेरै भिडभाड गर्न नदिइएको प्रहरी कार्यालयले जनाएको छ ।
नारायणीको बहाब बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै नदी किनारमा पनि नजान आग्रह गरेको छ ।