नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो पक्षको चाहाना पार्टी एकता भएको बताएका छन् । आज बिहिबार बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेता नेपालले पार्टी एकताको पक्षमा भएको बताएका हुन् ।
नेपालले बैठकमा अध्यक्ष केपी ओली जाली, फटाहा, हेपाहा, दम्भकारी नेता भएको भनेको बुझिएको छ । आज बिहिबार बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेता नेपालले पार्टी एकताको पक्षमा भएको बताएका हुन् ।
नेपालले बैठकमा अध्यक्ष केपी ओली जाली, फटाहा, हेपाहा, दम्भकारी नेता भएको भनेको बुझिएको छ । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार बैठकमा नेपालले अनुसार ओली अहंकारी र दम्भकारी भएकाले उनको काम नै हेप्ने हो, उनी जाली, फटाहा समेत भएको बताएको जनाइएको छ ।
जहिलेपनि गर्छु भन्ने तर बोलेको कुरा केही पनि केही नगर्ने नेता हुन, बास्तवमा भन्ने हो भने केपी ओली विश्वास गर्न लायक छैनन् । उनीसँग मिल्नु भनेको चूनौतिपूर्ण छ । अहिलेको अवस्थामा उनीसँग यत्तिकै मिल्नु भनेको भोलि हाम्रो लागि आत्माघाती हुने हो कि ? असर पार्ने हो कि ? राजनिितक भविष्य असुरक्षित हुने हो कि ? यसतर्फ हामी सचेत हुनुपर्छ ।’ नेता नेपालको भनाई उद्दृत गर्दै ति सहभागी नेताले भने ।
एक अर्को आलोचना व्यंग्य नगर्ने भनेका नेता नेपालले ने आज ओलीलाई दम्भकारी नेता भएको संकेत गरेका हुन् ।