• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल

साउन १५, चितवन । चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनि समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले बिद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् ।

आसन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । विजयराज भुसालले कांग्रेस राजनीतिमा ४ दशक लामो समय खर्चेका छन् । ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका विजय भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेबिसंघबाट राजनीति शुरु गरे ।

‘म पहिलो पटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पुर्ण आशाबादी छु ।’ कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुखदुखमा सधैं सहयोगी बन्न आँफुले सभापतिमा चुनाव जित्ने बिश्वास व्यक्त गरे ।

विजयराज भुसालले कांग्रेसका लागि भौतिक, आर्थिक र नैतिक रुपले धेरै सहयोग गर्दे आएका छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला चितवनबाट चुनावमा उठ्दा आर्थिक र भौतिक रुपमा सबैभन्दा अगाडी बढेर सहयोग गर्न भुसाल नै खटिएका थिए । उनले सुशील कोइरालालाई आफ्नै घरमा राखे । चुनावमा आर्थिक रुपमा सहयोग गरे । दिनरात उनि चुनावी प्रचारमा खटिए । जतिबेला सुशील उठ्ने निर्वाचन क्षेत्रमा उनि स्वंय उठ्ने चर्चा थियो । तर, उनले श्रद्धेय नेतालाई आफ्नो दावी छोडेर सुशील कोइरालाको प्रचारमा होमिए ।

‘लोकतन्त्रका लागि मैले सम्पुर्णलाई सहयोग गर्दे आएँ । अब मलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, भुसालले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाको लागि लडेको छु । बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’

भुसालले राजनीति रुपमा मात्र नभई आर्थिक रुपमा कांग्रेस पार्टीका, नेता र दुख पाएका कार्यकर्तालाई ठुलो धनराशी सहयोग गर्दे आएका छन् । उनले पदको लोभ गरेनन् । उनि ०६२/०६३ सालको जनआन्दोलनमा चितवनको कार्यवाहक सभापतिको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिसकेका छन् । उनले आँफु भन्दा जुनियरलाई पनि मौका दिएर त्यागको उदाहरण देखाएका छन् । भुसाल पद भन्दा कर्तव्य ठुलो भएको भन्दै कांग्रेसमा निरन्तर खट्दै आएका छन् ।

‘धेरै साथीहरुको जोडबलले बेलाबेलामा कुनै न कुनै जिम्मेवारी सम्हाल्न त पुग्छु, तर, मैले पदका लागि जर्वजस्ती कहिल्यै गरिन्, उनले भने,‘ मैले पदकै लागि अनेक खेल खेल्न जानिन ।’ पदको लागि मरिहत्ते नगर्दा पार्टीमा निरन्तर खट्दा समेत जिल्ला तहबाट माथि जान नसकिएको दुखेसो उनको छ । अझै जिल्लाकै सेवामा खटिन मन भएकोले यसपाली सभापतिमा उम्मेदवार दिन लागेको उनले सुनाए ।
निष्ठा र कर्मको राजनीतिमा लागेर चितवनको उदाहरण बनेका विजय भुसाललाई यसपाली जिल्ला सभापतिमा जिताउन कांग्रेसका अधिकांश कार्यकर्ताहरु खटिएका छन् । तत्कालिन मंगलपुर गाबिसमा ५० तिर सहसचिब, त्यसपछि क्षेत्रीय समितिको सचिब लगायत बिभिन्न जिम्मेवारीमा उनले कुशतापुर्वक भुमिका निर्वाह गरेका छन् ।

‘लोकतन्त्रका लागि मैले सम्पुर्णलाई सहयोग गर्दे आएँ । अब मलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले सहयोग गरिदिनुस भनेर म विनम्र अनुरोध गर्दछु, भुसालले भनेका छन्, राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेलाई पाखा लगाउनुपर्छ ।’ आस्था र निष्ठाको लागि लडेको छु । बिपीको समाजबादलाई सधैंभर पछ्याउनेछु, यसपाली मलाई भोट दिएर चितवन कांग्रेसको सभापतिमा जिताउनुहोला ।’ सभापतिको पदमा बसेर चितवनको समग्र उन्नति र कांग्रेसलाई अझ गतिशिल बनाउन आफ्नो दायीत्व हुने उनले बताए । विजयराज शर्मा भुसाल चितवनमा कांग्रेसको निष्ठावान नेताको रुपमा परिचित छन् ।

आइतबार, साउन १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.