नुवाकोटको घ्याङ्गफेदीबाट रक्तश्राब नरोकिएकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिकाको पहलमा सुत्केरीको बुधबार दिउँसो उद्धार गरिएको हो ।
दुप्चेश्वर गाउँपालिकाका प्रमुख योविन्द्रसिंह तामाङका अनुसार गाउँपालिकाको वडा नम्बर १ घ्याङ्गफेदीकी २० वर्षीय लीला तामाङको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले रास्ट्रपति महिला उत्थान कार्यक्रमको निशुल्क हवाई उद्दारमा सुत्केरीको उद्धार गरिएको जानकारी दिनुभयो ।
तामाङको राजधानीको थापाथली अस्पतालमा उपचार भैरहेको छ । गाउँमा स्वास्थ्यकर्मीले रक्तश्राव रोक्नका लागि अनेक प्रायस गर्दा पनि सफल नभएपछि हवाइ उद्धार गरिएको जनाइएको छ । यहाँ यसरी सरकारले निशुल्क हवाइ उद्धार गरेर ज्यान जोगाउने दोस्रो महिला हुनुभएको छ ।