• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

चितवनमा किरिया बसेकी एक महिलाको जलेर मृत्यु, दुरुत्साहन गरेको माइती पक्षको आशंका

चितवनको भरतपुर ६ पाडेघुम्तीमा एक महिलाको जलेर मृत्यु भएको छ । भरतपुर ६ पाडेघुम्ती कि ६७ बर्षिय पार्वती भट्टराईको घरको सदस्यको मृत्युमा काज किरियामा बसेको अवस्थामा जलेर गम्भिर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको हो । किरिया बसेको समयमा सुतिको धोतीमा दियोको आगो सल्केर जल्दा समेत परिवारलाई थाहा नहुनु गम्भिर रहेको भट्टराईको माइती पक्षको आशंका पछि घटना बाहिर आएको हो ।

भट्टराईमा मानसिक स्वास्थ्य समस्या रहेको थियो । केहि समय अगाडी मात्रै उहाँलाई हेल्प नेपालबाट उपचार पश्चात घर ल्याइएको थियो । भट्टराईका भाई बद्रि ढकालका अनुसार मृतक मानसिक अस्वस्थ्य रहेको कारण घटना आफैले गराउन नसक्ने तर कसैले दुरुत्साहन गरेका कारण भएको हुन सक्ने आशंका पैदा भएको छ । उहाँले किरियामा बसेको समयमा सुतीको कपडाको धोतीमा आगो सल्किएर शरिरको ८० प्रतिशत भाग जल्ने अवस्था आउनु र जल्दा पनि परिवारले थाहा नपाउनु आश्चर्यजनक रहेको बताउनुभयो । उहाँले घटनाको सत्य तथ्य छानविन र अनुसन्धान हुनुपर्ने बताउनु भयो ।

भट्टराई उहाँकि सासु आमा को मृत्युको किरिया बसिरहनु भएको अवस्थामा घटना घटेको हो । गत जेठ १६ गते दिउँसो ३ः४५ को समयमा घटना भएको हो । शरिर आगोले करिव ८० प्रतिशत जलेको अवस्थामा चितवन मेडिकल कलेजमा उपचार गराउन लगिएको थियो । उहाँको उपचारकै क्रममा जेठ १८ गते निधन भएको हो ।

कोठा भित्र जलेको अवस्थामा फेला पारेको मृतकका भाञ्जा विष्णु पौडेलले बताउनु भयो । “उहाँलाई मानसिक अस्वस्थताको समस्या थियो, केहि दिन अगाडी मात्रै हेल्प नेपाल बाट ल्याइएको थियो । सोहि क्रममा कोरोनाको एन्टिजेन नमुना परिक्षण गराउदा संक्रमण देखिएपछि उहाँलाई छुट्टै कोठामा राखिएको थियो ।” पौडेलले भन्नुभयो, “उहाँले काज किरिया पनि सोहि कोठामा बसेर गरिरहनुभएको थियो । एक्कासी कोठाबाट धुवाँ फैलिएपछि कोठामा हेर्दा जलेको अवस्थामा देखेर तत्कालै अस्पताल पुर्याएका थियौ ।”

बत्ती वाल्ने क्रममा जलेको र घटनाको अनुसन्धान गर्न परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार किरिया बसेको अवस्थामा बत्तीको आगो कपडामा सल्किएर घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परिवारले दुरुत्साहन गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.