• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

वीरगन्जमा ८ जनामा कालो ढुसी संक्रमण, ३ को मृत्यु

ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए।

देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै छैन। त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ।’

डा. सिंहले करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए। ‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ। तर, ती महिलालाई बचाउन सकिएन। त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो।’

ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृत्यु भएको उनले बताए। भने, ‘आठमध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ। बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको संक्रमण भएको हाम्रो ठम्याइ छ।’ यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते निधन भएको थियो।

वीरगन्जमा आठ जनाबाहेक अहिले अरू कुनै पनि संक्रमित वा व्यक्तिमा ब्ल्याक फंगसको संक्रमण नदेखिएको उनले बताए। उनका अनुसार कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको छ। वीरगन्जमा संक्रमण देखिएका आठै जना कोभिडबाट निको भइसकेकाहरूमा पाइएको उनको भनाइ छ। उनले नेपाल र भारतमा कोरोना संक्रमितमा देखापरिरहेको ब्ल्याक फंगस मानिसबाट मानिसमा सर्ने रोग भने नभएको बताए। भने, ‘अहिलेसम्मको रिसर्चमा ब्ल्याक फंगस हावा र माटोबाट सर्ने संक्रमण भएको पाइएको छ।’

स्टेरोइड्स र एन्बिायोटिक औषधि सेवन गरेका तथा अक्सिजन लिएका अधिकांश कोरोना संक्रमितमा ब्ल्याक फंगस बढी देखिने गरेको भन्ने तथ्य अहिलेसम्म पुष्टि नभएको उनले बताए। उनका अनुसार अहिलेसम्म कोरोना संक्रमण भएपछि पानीको वाफ लिएकाहरूमै ब्ल्याक फंगसको संक्रमण बढी देखिएको छ।

बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.