• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

कोरोना माहामारीमा डब्लु.डब्लु.जे चितवनले गर्यो महिला पत्रकारहरुसग अन्तरक्रिया


कोरोना माहामारीमा डब्लु.डब्लु.जे चितवनले गर्यो महिला पत्रकारहरुसग अन्तरक्रिया

चितवन। कोरोना महामारीले निम्त्याएको असहज परिस्थतीमा जिल्लाका पत्रकार महिलाहरुको अवस्थाबारे बुझ्न क्रियाशील पत्रकार महिला चितवन (डब्लु.डब्लु.जे चितवन)ले शुक्रबार भर्चुअल अन्तरक्रिया गरेको छ । फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकारहरुका लागि परिस्थती जटिल बन्दै गएकाले पत्रकार महिलाहरुको अवस्था बुझ्नका लागि कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवम् डब्लु.डब्लु.जे चितवनका उपाध्यक्ष सरिता पौडेलले बताउनुभयो । एक महिना देखिको लकडाउनले सबैको दैनिकी अस्तव्यस्त बनेको अवस्थामा पत्रकार महिलाहरुमा परिवार र कर्मक्षेत्रको दोहोरो जिम्मेवारी थप जटिल बनेको सहभागिहरुले बताए । कतिपय अवस्थामा वर्क फ्रम होम लागु गर्न नसकिने हुँदा फिल्डमा खटिने पत्रकारलाई रोग सार्ने माध्यम भन्दै छरछिमेकले अमानविय व्यवहार गर्ने गुनासो समेत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सृजना अर्यालले कोरोना महामारीको असहज परिस्थितीले देशभरका पत्रकारहरु समस्यामा परेको बताउनुभयो । देशभर ९ सय जना पत्रकार संक्रमित हुनुभएकोमा हाल ४०० बढी सक्रिय संक्रमित रहनुभएको उहाँले जानकारी दिनुभयो । कोरोनाको संक्रमण पछि ज्यान गुमाउने पत्रकारको संख्या १७ पुगेको जसमा एक जना पत्रकार महिला रहनुभएको भन्दै स्वास्थ्य सर्तकता अहिले अत्यावश्यक रहेको उहाँले औल्याउनुभयो । पत्रकारिता मार्फत समाजलाई यथार्थ चित्रण गर्नुपर्ने भएपनि अहिलेको परिवेशमा आफ्नो स्वास्थ्यलाई वेवास्ता गर्न नहुने भन्दै वर्क फर्म होमलाई प्राथमकितामा राख्न सुझाउनुभयो । कार्यक्रममा डब्लु.डब्लु.जे का केन्द्रिय अध्यक्ष निर्मला आचार्यले पत्रकार महिलाहरुको समस्या अभिलेखिकरण गरी आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्न केन्द्रको साथ र सहयोग रहने बताउनुभयो । कार्यक्रममा डब्लु.डब्लु.जे चितवनका सल्लाहकार शान्ता अधिकारीले कोरोनाको नयाँ भेरियन्ट हरेक व्यक्तिमा फरक लक्षण सहित देखा परेकाले सर्तक हुनुको विकल्प नरहेको बताउनुभयो । डब्लु.डब्लु.जे चितवनका संस्थापक एवम् सल्लाहकार प्रतिमा शिलवालले पत्रकार महिलाहरुमा मनोसामाजिक विचलन आउन सक्ने भन्दै परामर्शको खाँचो रहेको औल्याउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ चितवनले कोरोना महामारीका बेला आवश्यक समन्वय गर्न बनाएको हेल्प डेस्क समितका सदस्य एवम कार्यसमिति सदस्य समिक्षा पुरीले जिल्लामा संक्रमति पत्रकारहरुको बारेमा जानकारी गराउनुभयो । जिल्लामा हाल ३ जना सक्रिय संक्रमित मध्य एक जना डब्लु.डब्लु.जे चितवनका कार्यसमिति सदस्य हुनुहुन्छ । कार्यक्रममा सहभागि मध्य कोरोना संक्रमित तथा लक्षण देखिएपनि पिसिआर परिक्षण नगरी आइसोलेशनमा रहेका पत्रकार महिलाहरुले आफ्ना समस्या राख्नुभयो । कार्यक्रममा डब्लु.डब्लु.जे चितवनका सल्लाहकार अनिता खनाल, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष अनिता अर्याल, .नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य सरिता महतो अपेक्षा लगायतले महामारीका बेला भर्चुअल कार्यक्रमबाटै भएपनि पत्रकार महिलाको भेला गरी अपनत्व भाव जगाउने काम गरेको बताए । पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री वितरण भइरहेपनि महिलालाई अत्यावश्यक पर्ने सेनिटरी प्याड तर्फ ध्यान पुग्न नसकेको अधिकांश सहभागिहरुको भनाई थियो ।

अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसकै दिन आयोजित अन्र्तक्रियामा सहभागि पत्रकार महिलाहरुले रिर्पोटिङमा खटिने महिलाहरुका लागि सेनिटरी प्याडको खाँचो औल्याए पछि (डब्लु.डब्लु.जे चितवन)ले चितवनका पत्रकार महिलाहरुलाई स्वास्थ्य सामाग्री अन्र्तगत सेनिटरी प्याड वितरण गर्ने निर्णय गरेको छ । सेनिटरी प्याड वितरणका लागि (डब्लु.डब्लु.जे चितवनका सल्लाहकार अनिता खनालले संयोजन गर्ने हुनुभएको छ । जनसम्पर्क समिति बेल्जियमका सभापति भरतपुर १२ की नेतृ सीता सापकोटा र खनालले संयुक्त रुपमा पत्रकार महिलाको लागि सो सामाग्री उपलब्ध गराउने बताउनुभयो । जिल्लामा रहेका विभिन्न मिडियाहरुमा काम गर्ने पत्रकार महिलालाई समेट्ने गरी सहयोग गर्ने खनालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा सहभागिहरुको सल्लाह र सुझावलाई मनन् गर्दै छिटै मनोपरामर्शको कार्यक्रम सञ्चालन गर्ने तयारीमा जुटेको अध्यक्ष प्रमिता ढकालले बताउनुभयो । कार्यक्रममा २५ जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.