• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

भरतपुरमा निषेधाज्ञामा पनि धमाधम बन्दै सिटीहल

चितवन जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जीनियर प्रविन यादव निधेषाज्ञामा पनि काम नरोकिएको बताउनुहुन्छ । निषेधाज्ञा घोषणासँगै केही कामदार कर्मचारी घर गएको भए पनि दैनिक ६० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाअघि १५० हाराहारी कामदारले काम गरिरहेका थिए ।

गत पुस ६ गतेबाट शुरु भएको सिटीहलको हालसम्म १६ प्रतिशत काम सम्पन्न भएको छ । सिटीहल निर्माण समयमा नै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ छ । बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभाव नरहेको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक बिहान ७ देखि राति १० बजेसम्म काम भइरहेको छ । साँझको समयमा बत्ती बालेर पनि काम गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक सम्पूर्ण सहयोग महानगरले गरिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका–१ ठिमुरामा क्रसर स्थापना गरेर सबै समयमा काम गर्नका लागि सहजीकरण गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले तोकेको समयमा काम सम्पन्न गर्नुपर्छ । जे आवश्यक पर्छ सहयोग गर्छाैँ भनेका छौँ ।”

यो आयोजना देशकै गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्न सबैको साथ र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो । निर्माण कम्पनीले हालसम्म समयमै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा परियोजना पारेर जग्गाको व्यवस्थापन गर्न ठूलो मेहनत परेको भन्दै उहाँले यो गौरवको आयोजना समयमा सम्पन्न गर्न महानगरले सबै खालका सहयोग गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निर्माण परिसरमा कामदार कर्मचारी रहने गरी निषेधाज्ञामा काम गर्न भनिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनबाट निर्माणको काममा आवश्यक सहजीकरण गरिएको उहाँको भनाइ छ । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी गत वर्षको मङ्सिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो । जेभीका परियोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले स्थानीय प्रशासनको सहयोगका कारण काम रोक्नु नपरेको बताउनुभयो । भरतपुर महानगरपालिका र जिल्ला प्रशाासन कार्यालयसँग समन्वय गरेर बिहानदेखि साँझ अबेरसम्म काम गरिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वयन समितिको भवन पछाडि रहको चार बिघा चार कठ्ठा जग्गामा सरकारको बहुवर्षीय योजनाअन्तर्गत सिटीहल निर्माण भइरहेको हो । दुई हजार जना क्षमताको ठूलो सभाहल तथा ३०० जना क्षमताको सानो हलसहित अति विशिष्टकक्ष निर्माण गरिने छ । मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्याण्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । जिल्लामा ठूलो सभाहल नहुँदा महत्वपूर्ण कार्यक्रम हुन सकिरहेको छैन । देशकै मध्यभागमा भएकाले सभाहल बनेसँगै यहाँ ठूला कार्यक्रम हुने अपेक्षा गरिएको छ ।
–––

शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.