हृदयेन्द्र शाहले पूरा गरे पढाई !
पुर्व युवराज पारस शाह तथा युवराज्ञी हिमानी शाहको कान्छा छोरा हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । पूर्व नवयुवराज समेत रहेका उनले काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरेका हुन् ।
विद्यालयले कोरोना भाइरस संक्रमणका कारण अनलाइनबाटै दीक्षान्त समारोह गरेको हो ।
पूर्व युवराज पारस शाहले हृदयेन्द्र दीक्षित भएको र उनको शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक गरेका छन् । शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ । सानैदेखि काठमाडौंमा पढेका उनले स्नातक तह भने विदेशमा पढ्ने योजना बनाएको बुझिएको छ ।
अन्ततःटुंगियो सासू बुहारी को कुरा,पाउने भइन छोराछोरी भेट्न, स-परिवार मिडियामा Chitwan Kanda https://youtu.be/YHPr9yIJlTE