• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनको क्यान्सर अस्पतालमा कोभिड बिरामीको उपचार, १४० बेड छुट्याइयो : मेयर रेणु दाहाल

चितवनतको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने भएको छ । कोभिड बिरामीको उपचारका लागि क्यान्सर अस्पतालले १४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्दै छ ।

आइतबारबाट कोरोना संक्रमित बिरामीको भर्ना लिन सुरु गर्ने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

हाल चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा मात्रै कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको छ । ती अस्पतालमा कोरोना संक्रमित बिरामीहरु भरिन थालेको र थप संक्रमितले उपचार नपाउने अवस्था आएपछि क्यान्सर रोगको उपचार हुँदै आएको अस्पतालमा पनि कोरोना संक्रमितको उपचारका लागि १४० बेड छुट्टाइएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४५० बेड छ । पहिले अस्पतालले क्यान्सरको उपचार गराइरहेका तर कोभिड भएका बिरामीको उपचारका लागि २० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको थियो । ‘अब यसलाई बढाएर हामीले १४० बेड बनाउने भयौं, कोरोना संक्रमितहरुको जीवन जोगाउनु पहिलो प्राथमिकता देखियो,’ अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले भने, ‘आइतबारबाट हामीले कोरोना संक्रमितहरुको भर्ना लिन थाल्छौं ।’

डा. गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर आइतवारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको हो । अस्पतालको रेडियशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिएको छ ।

विभागहरूमा पार्टेसन गरेर मनिटरलगायतका सामान जडान गरिएको छ । ती वार्ड नजिक अक्सिजनको सेन्टर सप्लाइसमेत छ । यहाँ ६ वटा भेन्टिलेटर जडान गरिंदैछ ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्टसमेत भएकाले संक्रमित बिरामीको उपचारमा सहज हुने र अक्सिजनको अभावमा कोही पनि बिरामीले मर्न पर्ने अवस्था नआउने उनले विश्वास व्यक्त गरे ।

अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पुलमा डिउटी राखेर परिचालन गरिने डा. गौतमले बताए । ‘अहिले हामीसँग नर्सको जनशक्ति निकै कम छ, हामीले करारमा नर्स राख्न लिखित परीक्षा पनि लिएका छौं, आठ गते अन्तर्वार्ता लिएर तत्कालै राखेर खटाउँछौं,’ डा. गौतमले भने, ‘क्यान्सरका बिरामीले पनि सेवा पाउन सकुन्, कोरोना संक्रमितको पनि उपचार होस् भनेर काम अघि बढाएका छौं ।’

चितवन मेडिकल कलेजमा २६०, पुरानो मेडिकल कलेजमा २००, भरतपुर अस्पतालमा १६९ बेड कोभिडका बिरामीका लागि छुट्टाइएको छ । क्यान्सर अस्पतालको समेत बेड गर्दा जिल्लामा कोभिडका लागि बेड संख्या ७६९ पुगेको छ ।

चितवनका केही निजी अस्पतालमा समेत कोभिडका विरामी राखिएका छन् । जिल्लाका निजी अस्पतालमा ६ जना आइसियूसहित २९ जना कोरोना संक्रमित विरामीको उपचार भैरहेको छ । यसलाई बढाएर ६० शय्या पु¥याउने र एक निजी अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउनेबारे सरोकारवाला पक्षबीच छलफल हुँदै आएको छ ।

हाल जिल्लाका अस्पतालमा ४७२ कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १९९ जना जिल्लाका हुन् भने अन्य बाहिरी जिल्लाका संक्रमित छन् ।

जिल्लाका स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाए पनि त्यहाँ खासै संक्रमितलाई राखिएको छैन । गुञ्जमान सिंह हस्पिटलमा १०, बघौडा अस्पताल माडीमा १०, बकुलहर अस्पताल रत्ननगरमा २८, भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५, खैरहनी स्वास्थ्यचौकीमा १५, राप्ती अस्पतालमा २०, कालिका नगर अस्पतालमा १२ र इच्छाकामनामा २० शय्या सञ्चालनमा रहेको छ ।

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.