• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन १२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

सामाजिक संजालमा हिट प्रियंका कार्की, हेरौं फ्यानले रुचाएका तस्विरहरू


यिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १० लाख भन्दा बढी फलोर्अस रहेको छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् ।

आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका कारण केही समय उनी चर्चामा रहिन् । पछिल्लो समयमा उनले अभिनय गरेका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । यद्यपि प्रियंकाको चर्चा भने भयो । उनी आफ्नो सुन्दर मुस्कानले उनले फ्यानको मन जित्छिन् । प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने क्रम बढेको छ ।

अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् । प्रियंकाका दुई आमा छन् । प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् ।

प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगुर बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भइसकेकी छिन् । प्रियंका भने दुईवटै आमासँग नजिक छिन् ।प्रियंकाका एक भाई छन् प्रणित कार्की, जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् । प्रियंकाले बाल्यकालमै आफ्नो अभिनयको थालनी गरेकी थिइन् । सिनेमाको नाम थियो ‘महादेवी’ । ७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए ।

प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टीनको उपाधि हासिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस इन्टेलिजेन्टको उपाधि पनि हात पारिन् । यो प्रतियोगितापछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ आकर्षित भईन् ।

मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाइन् । उनले कान्तिपुरमा सुरुमा सेलुलोईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्याम फ्याक्टर पनि सञ्चालन गरिन् ।

यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेब्यु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट । जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो । यस सिरियलमा उनी टिनाको भूमिकामा थिइन् ।

यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निइन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावामाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ म प्रियंका फेरि नेपाल फर्किइन् ।

प्रियंकाले अमेरिकाको नर्थ अलावामामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावामा इन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिइन् ।

अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो हो की’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो ।

सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् । उनले काम गरेको र साइन गरेको पहिलो सिनेमा थियो मेरो बेस्ट फ्रेण्ड । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो ।

यसै कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्री लभर्स’ । पहिलो सिनेमाबाटै सिनेमाबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।

प्रियंकाका सुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरे पनि प्रियंका आफ्नो काम र व्यत्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन ।

प्रियंकाको करिअरको पहिलो सफल सिनेमा हो सन् २०१४ को सिनेमा ‘झोले’ ।

सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्षको उमेरमा प्रियंकाको विवाह रोचक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो ।
तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अलग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जिउन चाहेका कारण रोचकसँग अलग भएको उनी बताउँछिन् ।

सन् २०१० मा उनीहरुको विवाह भएको थियो । सिनेमाको पढाई सकेर प्रियंकाले रोचकसँग नेपालमा आएर सिनेमा क्षेत्रमा काम गर्ने इच्छा जाहेर गरिन् । तर रोचकले भने उनलाई उतै एक गृहणीको रुपमा बसेर काम गर्न आग्रह गरे ।

तर प्रियंका सिनेमा क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढेकी थिइन् यहि कारण उनले रोचकलाई छोडिन् र सिनेमालाई रोजिन् । हुन पनि सम्बन्धबिच्छेद गरेर अघि बढेपछि प्रियंकालाई सिनेमा क्षेत्रमा फलिफाप नै भयो ।

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.