नेपालका चर्चित यूट्यूबर तथा कुशल सन्चारक्रमी कमल सरगमलाई को’रोना संक्रमण पोजेटिभ देखिएको छ । उनले आफ्नो सामाजिक सन्जाल फ़ेसबुक मार्फत जानकारी दिएका थिए। उनले भन्छन् “मलाई केहि दिन देखिको टाइफाइड ज्वारो र रुघाखोकि आज आएर कोरोना पोजिटिभको रुपमा देखा परेको छ” । मेट्रो हस्पिटल चक्रपथमा आज गरिएको परिक्षणको पिसिआर रिपोर्ट मा पोजेटिभ आएको हो , मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।
अहिले पनि शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने जस्ता समस्या छ , अवस्था सामान्य छ । जति सुरक्षित हुन्छु भन्दा पनि मलाई सुरक्षित हुन दिएन , छिट्टै कोरोना जितेर फर्कने छु । अहिले होम आइसुलेसन मा छु , परिवारदेखि टाढै बसेको छु , स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद छ , । Stay safe !
उनी पछिल्लो समय सामाजिक संजालमा निकै चर्चित छन् । उनको मिठो बोली तथा काम प्रतिको लगनशीलताले उनले आज यो उचाइ पाएका हुन। लालिगुरास अनलाइन टिभीका संचालक कमल सरगम यति बेला कोरोनाको कारण अस्पतालमा आराम गरिरहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य भए पनि कमजोरी भएका कारण आरामको आवश्यक परेको बताएका छन्। उनी कामबाट टाढा भएता पनि केही दिनको आराम पछि उनी छिटै काममा फर्कीने छन् । हामी सबैको तर्फबाट उनलाई शिध्र स्वास्थ्य लाभको कामना