कोरोना संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय युवाको भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनलाई बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल प्रसन देवप्रकाश घिमिरेले जानकारी दिए ।
१० गते संक्रमण पुष्टि भए पनि उनी होम आइशोलेसन मा बस्दै आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि युवालाई १४ गते भरतपुर अस्पतालमा भर्ना गरिएको घिमिरेको भनाई छ । उनलाई १७ गते भेन्टिलेटरमा राखेर उपचार गरिदै आएकोमा शुक्रबार राति मृत्यु भएको बताइएको थियो । युवाको बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ५ मा घर भए पनि चितवन तिरै बस्दै आएको बताइएको छ ।