• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’ बने

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्।

विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन स्मिथले लिली नामक पुतलीबाट प्रभावित भएर यसको डिजाइन गरेका थिए। उक्त पुतलीको लय र संरचना बुर्ज खालिफासँग मिल्दोजुल्दो भएको स्मिथले बताएका छन्। युएईको दुबईस्थित विश्वकै सबैभन्दा अग्लो मानव निर्मित टावर बुर्ज खालिफा अहिले मध्यपूर्वको व्यापारिक केन्द्र बनेको छ।

बुर्ज खालिफाको डिजाइन अनुसार होटल, कार्यालयदेखि अन्य व्यवसायिक घराना त्यहाँ बसेका छन्। यो एउटा महत्वपूर्ण व्यापारिक केन्द्र भएको छ। बुर्ज खालिफा बनाउँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी कामदार मध्ये कयौं नेपाली पनि थिए।

पोखराबाट ‘लेवर’ भिसामा दुबई पुगेका विनोदकुमार विक पनि एक हुन्। एसएलसी फेल भएर उनी विदेश हानिएका थिए। अहिले विश्वबजारमा विक्ने सिनियर सर्भेयर बनेका छन्।

पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए। भारतीय प्रहरीमा जागिरे बुवा र पोखरामा घरजग्गा भएकाले कमाउनकै लागि विदेश जानुपर्ने बाध्यता उनलाई थिएन। एसएलसी फेल भएपछि साथी सर्कलले डोर्‍याएर उनलाई दुबई पुर्‍याएका थिए। पोखराको शितल मौसममा हुर्किएका विनोद जब युएईको विमानस्थलमा ओर्लिए, त्यतिबेलै छिटै घर फर्केर पढाइलाई निरन्तता दिने कसम खाए।

‘विमान स्थलमा ओर्लिएपछि त्यहाँको गर्मीमा टिक्छु भन्ने सोच्नै सकिनँ। ६ महिनामै फर्कन्छु र पढ्छु भनेर मनमनै वाचा गरेँ,’ विनोद भन्छन् । त्यतिबेला के कामको लागि जाने भन्ने नै थिएन। दलाललाई पासपोर्ट बुझाएपछि उसैले भिसा मिलाउने र पैसा बुझाएपछि विदेश जान पाइन्थ्यो। त्यसरी नै विनोद दुबई पुगेका थिए। दुबईमा उनले बिसिक्स कम्पनीमा पूर्वनिर्धारित लेबरको काम गरे।

काममा जोतिएका विनोदको इमान र लगन कम्पनीले रूचायो। उनलाई सर्भे टिमभको हेल्पर बनायो। कम्पनीका मालिक डग हायसले विनोदलाई नियालिरहेका थिए। मन पराएका रहेछन्। यता विनोदलाई निर्माण कम्पनीमा बाहिर ५० डिग्रीसम्म चर्को घामको गर्मी उनलाई खपिसक्नु थिएन।

एक दिन मालिकलाई घर फर्केर पढाइ अघि बढाउन चाहेको कुरा बताए। दुबईमै रहेका विनोदका मामा रणबहादुर विकले पनि उनलाई भेटेर घर फर्केर पढ्न भनेका थिए। यही बेला मालिकले १ महिना काम गर, तिम्रो पदोन्नती र तलब बढाइदिन्छु भनेर विनोदलाई थामे।

नभन्दै १ महिनापछि उनको पदोन्नती भयो, प्रोफेसनल सर्भे हेल्परमा। तलब पनि बढ्यो। विनोदले काम गर्ने बिसिक्स कम्पनीले विश्वकै अग्लो टावर बुर्ज खालिफा बनाउने ठेक्का लिएको थियो। बिसिक्ससँगै सामसुङ र अरब टेकले यो टावर बनाउन संयुक्त रूपमा काम गर्दै थिए।

पदोन्नती पाएका विनोदलाई कम्पनीले बुर्ज खालिफामा पठायो। सन् २००५ देखि २००१० सम्म उनले त्यहीँ काम गरे। कम्पनीले सन् २००८ मा त बुर्ज खालिफाको १ सय १२ तलादेखि १२० तला सम्मको भुईं हेर्ने जिम्मा नै विनोदलाई दियो। यतिबेला उनलाई फेरी पदोन्नती गरेर कम्पनीले ‘असिस्टेन्ट ल्याण्ड सर्भेयर’ बनायो।

बुर्ज खालिफामा विनोदले झैं लेबरदेखि अन्य पदमा काम गर्ने अरू पनि नेपाली थिए। विनोद भने छिटो छिटो पदोन्नती हुँदै गए।लेबरबाट काम थालेर सर्भेयर बने।

जब सन् २०१० मा बुर्ज खालिफा बनाएर सकियो, दुवईका राजाले रातीको समयमा उद्घाटन गरेका थिए। त्यतिबेला उनी त्यहीँ थिए। संसारको अग्लो टावर बुर्ज खालिफामा कंक्रिटको मात्रै २ सय ६५ तला छ। स्टिलसमेत गरेर यसको उचाइ ८ सय २८ मिटर अग्लो छ।

असिस्टेन्ट ल्याण्ड सर्भेयर बनेका विनोदलाई कम्पनीले बुर्ज खालिफाको काम सकिए पछि पनि जागिरबाट निकालेन। उल्टै अरू देशमा काम गर्न खटायो। उनका बोस डग हायसले भारतको मुम्बईमा ‘सेकेण्ड बुर्ज खालिफा’ बनाउने टिममा उनलाई राख्ने भनेका थिए।

मुम्बईमा १४५ तले टावर बनाउने योजनाका साथ बोससँगै उनीपनि मुम्बई आएका थिए। जब टावर बनाउन जमिनको काम सुरू गरे, यसका मालिकहरूबीच विवाद भयो। मुम्बईमा बनाउने भनेको त्यो योजना असफल भयो।

विनोदलाई उनका बोसले काम दिन सकेनन्। उनले अर्को कम्पनी सामसुङ सिएनटी इञ्जिनियरिङमा सर्भे इञ्जिनियरकै रूपमा जागिर लगाइदिए। उक्त कम्पनीले मुम्बईमै ८५ तले र ५५ तले २ वटा टावर बनाउने ठेक्का लिएको थियो। त्यहीबेला उनले भारतको खुला विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरे।

खुला विश्वविद्यालयमा अध्ययन फर्म भर्दा उनले आफूलाई नेपालमा एसएलसी फेल नै भनेका थिए । तर उनले बुर्ज खालिफा बनाउँदा पाएको सर्टिफिकेट र अन्य कम्पनीको सिफारिसले काम चल्यो। उनले पढ्न पाए। सन् २०१५ मा २ वटै भवन बने, मुम्बईको काम पनि सकियो। यी दुई भवन बनाउँदा उनलाई कम्पनीले फेरि पदोन्नती गरेर सर्भे इञ्जिनियर बनाइसकेको थियो।

बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.