• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असोज १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढी पसेपछि सुस्तावासी समस्यामा, थारु टोल डुबानमा

आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन

भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ७. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ८. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • १०. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता


पाल्पा, असोज ९–  अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उहाँकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता हुनुभएको छ । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रनाउ भट्टराईले बताउनुभयो ।

पहिरोबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति नभएको उहाँको भनाइ छ । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धारकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजीकार्य जारी छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पछि पहिरो पन्छाएर सडक सञ्चालन गरिए पनि पहिरो झर्न नरोकिएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

यस्तै, यो समाचार तयार पार्दासम्म रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडकमाथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

यस्तै सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकमाथिबाट पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । सडक अरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारीसाधनसमेत सडकमा रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्याउने दुग्ध ढुवानीका सवारीसाधन बाटोमै रोकिँदा समस्या थपिएको रायमाझीको भनाइ छ ।

पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तु ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको छ ।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहीबारदेखि सोमबारसम्म बेलुकी ७ः०० देखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको हो ।

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी पसेपछि सुस्तावासी समस्यामा, थारु टोल डुबानमा
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द
आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन
भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

भर्खरै

  • १.
    बाढी पसेपछि सुस्तावासी समस्यामा, थारु टोल डुबानमा

  • २.
    आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

  • ४.
    आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

  • ५.
    पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

  • ६.
    सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

  • ७.
    भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन

  • ८.
    भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.