• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने

गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • १०. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने


बेङ्गलुरु (भारत), असोज ७ – यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने एक अध्ययनले चेतावनी दिएको छ ।

युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म एल निनोका कारण हुने अतिरिक्त गर्मीजन्य मृत्युको यस्तो अनुमान गरेका हुन् । जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ्दो ऊर्जा लागतको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढी पर्ने अध्ययनले जनाएको छ ।

अध्ययनका सहसंस्थापक माइकल ग्रीनस्टोनले एल निनो फेब्रुअरीसम्म अन्त्य हुने अपेक्षा गरिए पनि त्यसको गर्मीजन्य प्रभाव त्यसपछि पनि रहन सक्ने बताउनुभयो । उहाँका अनुसार पहिल्यै तातो क्षेत्रमा तापक्रम थप बढ्दा जोखिम निकै उच्च हुन्छ ।

अनुसन्धानकर्ताले विश्वका २४ हजारभन्दा बढी क्षेत्रमा उच्च तापक्रमले मृत्युदरमा पार्ने प्रभावसम्बन्धी तथ्याङ्कलाई मौसमी तापक्रम पूर्वानुमानसँग तुलना गरेका हुन् । अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । त्यहाँ करिब ६६ हजार ८०० अतिरिक्त मृत्यु हुनसक्नेछ । फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी १९ हजार ४००, इन्डोनेसियामा १९ हजार ३००, भारतमा १५ हजार ८०० र ब्राजिलमा १३ हजार ३०० अतिरिक्त मृत्यु हुने अनुमान गरिएको छ ।

गर्मीबाट हुने जोखिम घटाउन गर्मीसम्बन्धी पूर्वसूचना प्रणाली, शीतलन केन्द्र, पानी तथा स्वास्थ्य सेवा, बाहिरी कामदारका लागि सुरक्षा र वृद्धवृद्धा तथा अन्य जोखिममा रहेका समूहलाई लक्षित सहायता आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन् । अत्यधिक गर्मी आउनुअघि नै स्रोत परिचालन गर्न अग्रिम वित्तीय तयारी गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।

एनआरडीसी इन्डियाका ताप विशेषज्ञ अभियनन्त तिवारीले प्रतिवेदनलाई त्रास फैलाउनेभन्दा तत्काल तयारी र प्रभावकारी कार्यान्वयनका लागि सचेत गराउने माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो । “तयारीको वास्तविक मापन हामीले कति चेतावनी जारी गर्छौं भन्ने होइन, मानिसलाई कति प्रभावकारी रूपमा सुरक्षित राख्छौँ र रोक्न सकिने मृत्यु कति घटाउँछौँ भन्ने हो”, उहाँले भन्नुभयो ।

एल निनो प्राकृतिक जलवायु प्रणाली भए पनि यस वर्षको शक्तिशाली एल निनो पहिले नै तातिरहेको पृथ्वीमा देखिएको छ । क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसार यस अवधिमा विश्वव्यापी भूमि तापक्रम सामान्य वर्षको तुलनामा करिब १.२ डिग्री सेल्सियस बढी हुनसक्छ र गर्मीका दिन ४४ प्रतिशतसम्म बढ्न सक्छन् । अनुसन्धानकर्ताका अनुसार यसले आगामी दशकमा जलवायु परिवर्तनका कारण देखिन सक्ने गर्मीको अवस्थाको पूर्वसङ्केतसमेत दिन सक्छ । राससरएपी

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    एल निनोका कारण विश्वभर थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने

  • २.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ३.
    एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

  • ४.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

  • ६.
    आज देशैभर कांग्रेसको पालिका अधिवेशन

  • ७.
    आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.