• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

लोकप्रिय समाचार

  • १. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ३. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५. नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ६. अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

  • ७. बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • ८. कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

  • ९. आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँः स्थानीयवासी

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…


गैँडाकोट । गैँडाकोट–२ स्थित गैँडाकोट नमुना माध्यमिक विद्यालयमा कक्षा ११ का लागि संस्थागत विद्यालय छात्रवृत्ति छनोट परीक्षा सम्पन्न भएको छ। शैक्षिक सत्र २०८३ का लागि सञ्चालन गरिएको उक्त परीक्षा शनिबार बिहान ११ बजे सम्पन्न भएको हो।

गैँडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशन तथा संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४ बमोजिम परीक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

छात्रवृत्ति छनोट प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन विद्यालय छात्रवृत्ति वितरण समितिले आवश्यक तयारी तथा व्यवस्थापन गरेको थियो। समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार लम्सालको अध्यक्षतामा बसेको बैठकले परीक्षा सञ्चालन तथा छनोट प्रक्रियासम्बन्धी आवश्यक निर्णय गरेको थियो।

बैठकमा शिक्षक–अभिभावक संघ (PTA) का अध्यक्ष राजेन्द्र राना, वडा अध्यक्ष प्रकाश सापकोटा, नगरपालिका प्रतिनिधि खेमप्रसाद आचार्य तथा सदस्य–सचिव एवम् प्राचार्य गोपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो।

शिक्षा शाखा प्रमुख आचार्यद्वारा परीक्षा अनुगमन

परीक्षाको गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी एवम् शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्य तथा शिक्षक–अभिभावक संघ (PTA) का अध्यक्ष राजेन्द्र रानालगायतले अनुगमन तथा निरीक्षण गर्नुभएको थियो।

अनुगमनका क्रममा परीक्षा सञ्चालनको अवस्था, विद्यार्थीको सहभागिता तथा व्यवस्थापन पक्षको निरीक्षण गरिएको थियो। सो अवसरमा शिक्षा शाखा प्रमुख आचार्यले छात्रवृत्ति छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक निर्देशन दिनुभएको थियो।

विद्यालयका अनुसार परीक्षामा १०० पूर्णाङ्कको परीक्षा सञ्चालन गरिएको थियो। संस्थागत विद्यालय छात्रवृत्ति वितरणसम्बन्धी प्रावधानअनुसार कुल विद्यार्थी सङ्ख्याका आधारमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था रहेको छ।

छात्रवृत्तिका लागि विद्यार्थीको योग्यताक्रम निर्धारण गर्दा कक्षा १० मा प्राप्त GPA लाई २० प्रतिशत भार र छात्रवृत्ति छनोट परीक्षामा प्राप्त अङ्कलाई मुख्य आधार बनाइनेछ।

नतिजा भदौ ८ गते सार्वजनिक गरिने

छात्रवृत्ति छनोट परीक्षाको नतिजा तथा सफल विद्यार्थीहरूको नामावली भदौ ८ गते सार्वजनिक गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ।

नतिजा सार्वजनिक गर्नुअघि सफल विद्यार्थीहरूको नामावलीको हार्डकपी तथा सफ्टकपी गैँडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाइनेछ। नगरपालिकामा आवश्यक विवरण बुझाएपछि मात्र नतिजा तथा सफल विद्यार्थीहरूको नामावली सार्वजनिक गरिने विद्यालय प्रशासनले जनाएको छ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूको विवरण IEMIS प्रणालीमा समेत प्रविष्ट गरिने बताइएको छ।

छात्रवृत्ति छनोट परीक्षालाई पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध
आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने
विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो
गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ३.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५.
    नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ६.
    अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

भर्खरै

  • १.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • २.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ३.
    आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ५.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • ६.
    गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ७.
    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

  • ८.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.