चितवन, जेठ १०- चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले घरमा पसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको घटना सार्वजनिक भएको छ । स्थानीय ५१ वर्षीया झलककुमारी घिमिरेमाथि शुक्रबार राति करिब १२ बजे अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको हो । अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर भित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिट गरेका थिए ।
कुटपिटपछि उनीहरूले घिमिरेले लगाएको करिब २ तोलाको सुनको रिङ लुटेर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता इनिस्पेक्टर मनिस श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो । संकास्पद व्याक्तिहरुमाथि निगरानी गरि अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।



