• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय समाचार

  • १. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ४. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ६. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ७. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ८. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • १०. रास्वपा सचिवालयको बैठक बस्दै

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज


म्याग्दी, वैशाख २४- प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुग्नुभयो ।

“यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान ५ः०० बजे गाडी चढेर १०ः०० बजे खाना खान घरमै पुगियो ।”

यसअघि गुर्जादेखि लुलाङ हँदै मुना पुग्न करिब नौ घण्टा भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । सडक सञ्जालमा जोडिएपछि गुर्जावासीको दैनिकी सहज भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६५ घरपरिवारको बसोबास रहेको गुर्जाको एउटै बस्ती एकै वडामा समेटिएको छ ।

यहाँको जनसङ्ख्या एक हजार ५०५ जना छ । गुर्जावासीलाई दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको वडासदस्य गुनराम छन्त्यालले बताउनुभयो । “पहिले बिरामीलाई अस्पताल लैजान हेलिकप्टर बोलाउनुपर्ने अथवा बोकेर लुलाङ पु¥याउन पर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “गाडीको सुविधा भएपछि बिरामीलाई सहज रुपमा समयमै अस्पताल पुयाउन र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज र सस्तिएको छ ।”

पर्यटकको चहलपहल बढ्यो

लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जासम्म मार्ग खुलेपछि पछिल्लो एक महिनायता जिप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । ८८ वर्षीया चनमती छन्त्यालले गाडीसँगै आफन्तहरु भेट्न र घुम्न आउन थालेका बताउनुभयो । अर्का स्थानीय गुनप्रसाद विश्वकर्माले गाउँमा गाडी आउँदा खुसी लागेको बताउनुभयो । “गाडी चल्न थालेपछि कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ”, उहाँले भन्नुभयो, “गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।”

म्याग्दी जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँलगायत सहरबाट गुर्जा घुम्न जानेहरु बढेका छन् । लुकेको बस्तीको रुपमा चिनिएको गुर्जामा छन्त्याल संस्कृति, जीवनशैली, खानी, हिमाल, वनस्पती, जडीबुटी, पशुगोठ, वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

म्याग्दीका सबै वडा सडक सञ्जालमा जोडिए

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको लुलाङ–गुर्जा सडक जिल्लाकै प्राथमिकताप्राप्त योजना भएको बताउनुभयो । “चार वर्षअघि वडा नम्बर २ को महतला भिरमा अड्किएको सडकको मार्ग खोलेर खोरिया, लमसुङ, लुलाङ हुँदै गुर्जासम्म यातायातको सुविधा विस्तार गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “गुर्जासँगै धौलागिरिका सातवटै वडा मात्र नभएर म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडाहरु यातायात सञ्जालमा जोडिएका छन् ।”

लुलाङदेखि गुर्जासम्म सडकको दूरी करिब २२ किलोमिटर छ । आर्थिक वर्ष २०७९\०८० मा लुलाङदेखि सडकको मार्ग खोल्न थालिएको थियो । चालु आवमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुष महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सडक स्तरोन्नतिको माग

यातायात व्यवसायी लुकेश रसाइलीले लुलाङ र गुर्जाको सिमाना देउराली र लत्रवाङ खण्डको सडक स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । तीन हजार मिटर उचाइमा रहेको देउराली र लत्रवाङ क्षेत्रको सडकलाई फराकिलो बनाउनुपर्ने घुम्ती, ग्रेड मिलाउन तथा ढलान र सोलिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

“चिसोमा हिउँ नपग्लिदै र बर्खामा आकाशबाट पानी नपर्दै लत्रवाङ–देउराली खण्ड पार गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “हिलो र चिप्लोमा सवारीसाधन उक्लन नसक्ने, फस्ने समस्याका साथै साघुरा घुम्तीमा गाडी गुडाउन जोखिम पनि उत्तिकै छ ।” गुर्जा नजिकैको कम्जाखोलामा मोटरेबल पुल बनाउन आवश्यक छ ।

हाल खोलाबाटै सवारी साधन आवतजावत गर्छन् । काठमाडाँैमा बसोबास गर्ने गुर्जावासीहरुले कम्जाखोलामा अस्थायी पुल बनाउन आर्थिक सङ्कलन अभियान चलाएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले चालु आवकै ठेक्काकाको बाँकी काम र प्रदेश सरकारले हस्तान्तरण गरेको रु ५० बजेटबाट अप्ठ्यारो ठाउँमा सुधार, मर्मत र स्तरोन्नति गरिने बताउनुभयो ।

प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको क्रममा रहेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ ।

गुर्जा हुँदै डोल्पा जोड्ने उच्च पहाडी राजमार्गको परिकल्पना

धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले गुर्जा हँुदै कर्णाली प्रदेशको डोल्पा जोड्ने उच्च पहाडी राजमार्ग बनाउन सकेमा डोल्पा, मुगु र जुम्लाका बासिन्दालाई राजधानी काठमाडौँ पुग्न छोटो बाटो बन्ने बताउनुभयो ।

“गुर्जाका बासिन्दाहरु पहिला भोटमा नुन लिन र गोठ लिएर डोल्पा जान आउन प्रयोग गर्ने मार्गलाई सडक बनाउन सकेमा डोल्पाबाट ५०० किलोमिटर दूरीमै काठमाडौँ पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “हिमाली र उच्च पहाडी भूगोलमा पर्ने भएकाले म्याग्दीको गुर्जा हँुदै डोल्पा जोड्ने सडकलाई उच्च पहाडी मार्गको रुपमा विकास गर्न सकिन्छ ।”

वडाध्यक्ष छन्त्यालले प्रतिनिधिसभा सदस्य महाविर पुन र म्याग्दी १९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीमार्फत गुर्जा डोल्पा जोड्ने उच्च पहाडी लोकमार्गको प्रस्ताव सङ्घीय र प्रदेश सरकारसँग गरिएको बताउनुभयो । रासस

 

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !
बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
साताको पहिलो दिन घट्यो सुनको मूल्य

लोकप्रिय

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ४.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ६.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

भर्खरै

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

  • ३.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ४.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.