चितवन, असार १६- मेषः प्रेम सम्बन्धमा विवाद उत्पन्न हुनेछ । राजनैतिक कार्यमा रोकावटको सम्भावना देखिन्छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ ।
वृषः आफन्तजनसंग झैझगडा हुनसक्नेछ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । कृषि तथा पशुधनबाट भने फाइदा मिल्नेछ ।
मिथुनः पराक्रम बढेर जानेछ । आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तीको योग छ । कृषि तथा पशुधनबाट मनग्य फाइदा पुग्नेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ ।
कर्कटः आज नियमित काम रोकिनाले वैकल्पिक उपायबारे सोच्न बाध्य भईनेछ । घाँटिमा समस्या आउन सक्नेछ । शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले केही समस्या सुल्झन सक्नेछन् । कुटुम्ब तथा परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
सिंहः सामान्य कामबाट पनि मनग्य आर्जन गर्न सकिनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ । आज नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफल भईनेछ ।
कन्याः आज केही व्यावहारिक उतारचढाव आउन सक्नेछन् । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । फजुल खर्च बढनेछ । धनमाल हराउने सम्भावना देखिएकाले सुरक्षामा सजग रहनुहोला ।
तुलाः कामहरु बन्दैजानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । भाग्यले असल प्रेमपात्र जुराउनेछ । कृषि, भूमि र पशुधनबाट यथेष्ट लाभ हुनेछ । शैक्षिक क्षेत्रमा पनि राम्रो पक्ष देखिन्छ ।
बृश्चिकः आज इष्ट सिद्धिको योग छ । मन प्रसन्न रहनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । शत्रुबाधा, मुद्दामामिला तथा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ । व्यापार तथा उद्योगतर्फ प्रशस्त फाइदा हुनेछ ।
धनुः धार्मिक कार्यमा अवरोध आउन सक्नेछ । सन्तान तथा परिवारसंंग मतभेद हुन सक्नेछ । सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नु राम्रो पक्ष हुनेछ । परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ ।
मकरः अनावश्यक चिन्ताले ध्यान विचलित गर्न सक्नेछ । स्वास्थ्यमा समस्या पार्न सक्नेछ । जीवजन्तुको भय रहनेछ । नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला । पारिवारिक सम्बन्ध सुधार गर्न विशेष ध्यान दिनु राम्रो पक्ष हुन आउनेछ ।
कुम्भः आर्थिक उन्नति–प्रगतिको योग रहेको छ । सट्टेबाजी र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ । मीष्ठान्न भोजन प्राप्त हुनेछ ।
मीनः विवादका वावजुत पनि कार्य सफल हुनेछ । व्यापार व्यवसाय फस्टाउने छ । खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने साइत जुर्न सक्नेछ । आयमूलक काम प्रारम्भ हुने योग रहेको छ ।