• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

लोकप्रिय समाचार

  • १. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ३. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५. नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ६. अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

  • ७. बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • ८. कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

  • ९. आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँः स्थानीयवासी

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट


चितवन, ६ असार । चितवनको भरतपुर–१६ मा अवस्थित श्री माध्यमिक विद्यालय ढड्डाघारीमा नमूना मतदान मार्फत विद्यार्थी नेताहरु छनौट गरिएको छ । शुक्रबार भएको निर्वाचन मार्फत विद्यालय क्याप्टेन, विद्यालय भाइस क्याप्टेन, सदन क्याप्टेनहरु, सदन भाइस क्याटेनहरु निर्वाचित भएका हुन् ।

निर्वाचनमा कुल २४ जना उम्मेदवार रहेका थिए । निर्वाचन प्रक्रियाको नियमानुसार मनोनयन दर्ता, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, अभिमुखीकरण, प्रचारप्रसार र मौन अवधिको समेत तालिका प्रकाशन गरिएको थियो । मतदाताका रुपमा कक्षा ४ देखि १० सम्मका तीन सय ३७ विद्यार्थी रहेकोमा ९७.३५ प्रतिशत मत खसेको विद्यालयका अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक शिव पौडेलले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद सुवेदीले प्रमुख निर्वाचन अधिकृतकोरूपमा, सहायक प्रधानाध्यापकहरु वैकुण्ठ थापा, यमुना प्रकाश बराल, शिक्षकहरु बनिता अर्याल र जनार्दन ढकालले मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो । मतदान प्रक्रियामा विद्यार्थीहरू निकै उत्साहित थिए र उनीहरूले मतदान प्रक्रियामा सक्रिय रुपमा सहभागिता जनाएका पौडेलले बताउनुभयो ।

चार वटा मतदान केन्द्रको व्यवस्था गरिएकोमा निर्वाचन प्रक्रियालाई सरल, स्वच्छ र निष्पक्ष बनाइएको थियो । मतदान प्रकृयामा आवश्यक पर्ने नेपाल प्रहरी, नेपाली सेना र स्वयंसेवकको भूमिका विद्यार्थीहरुले नै निर्वाह गरी मतदान कार्यलाई सहज बनाएका थिए ।

विद्यालय क्याप्टेनमा कक्षा ७ का प्रवेश खनाल निर्वाचित हुँदा भाइस क्याप्टेनमा प्रश्ना राईको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचन हुनुभयो । यसैगरी, निलो सदनको क्याप्टेनमा निश्चल अधिकारी र भाइस क्याप्टेनमा प्रीसकला मगर निर्वाचित हुनुभयो । हरियो सदनको क्याप्टेनमा सिम्रन न्यौपाने निर्वाचित हुँदा हरियो सदनको भाइस क्याप्टेनमा कञ्चन गुरुङ र सस्मिता बिकको बराबरी मत आएपछि गोला प्रथाबाट कञ्चन गुरुङ निर्वाचित हुनुभयो ।

रातो सदनको क्याप्टेनमा रजिस्मा अधिकारी र भाइस क्याप्टेनमा कशीस अधिकारी, पहेँलो सदनको क्याप्टेनमा आरुसी थापा र भाइस क्याप्टेनमा पुरन सिंह सारु निर्वाचित हुनुभयो । निर्वाचन पश्चात निर्वाचित विद्यार्थी नेताहरुलाई विद्यालयका प्रधानाध्यापक एवम् प्रमुख निर्वाचन अधिकृत गोविन्द प्रसाद सुबेदीले अबिर लगाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । विद्यार्थीहरूलाई व्यावहारिकरूपमा लोकतान्त्रिक प्रणाली र निर्वाचन प्रक्रियासम्बन्धी ज्ञान दिलाउन निर्वाचन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक यमुना प्रकाश बरालले बताउनुभयो ।

नमूना निर्वाचनले विद्यार्थीहरुलाई निर्णय प्रक्रियामा सहभागी भइ आफ्नो मत प्रयोग गरी आफ्ना प्रतिनिधि छनौट गर्ने र यसले विद्यार्थीहरुमा नेतृत्व गुण विकास गर्न, आत्मविश्वास, व्यक्तित्व क्षमता र जिम्मेवारी बोध जस्ता गुणहरु विकसित गर्न मद्दत पु¥याउने विद्यालयका अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक शिव पौडेलले बताउनुभयो । आगामी दिनमा विद्यार्थीहरुका लागि पृथक व्यवहारिक कार्यक्रमहरु आयोजना गरिने पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थी नेता छनौट गर्न भएको निर्वाचन प्रकृयामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदन नेपाली, भरतपुर–१६ का वडा सदस्य विष्णु दवाडी एवम् विद्यालय सल्लाहकार समिति संयोजक भोजराज पौडेलको विशेष उपस्थिति रहेको थियो ।

शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध
आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने
विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो
गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ३.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५.
    नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ६.
    अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

भर्खरै

  • १.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • २.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ३.
    आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ५.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • ६.
    गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ७.
    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

  • ८.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.