• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

निर्वाचनमा महिलाको सहभागिता बढाउन माग

चितवन, जेठ २०-

आगामी निर्वाचनमा ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने माग उठेको छ । राज्यको शासकीय प्रणालीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने माग उठेको हो ।

महिलाका हक अधिकारसम्बन्धि काम गर्दै आएको संकल्प नेपालले चितवनमा आयोजना गरेको कार्यक्रममा उनीहरुले कानुनमै समावेश गरेर प्रतिनिधि, प्रदेश र स्थानीय तहमा महिलालाई प्रत्यक्ष निर्वाचनमा समावेश गराउनुपर्ने बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले राज्यको शासकीय प्राणालीमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभयो ।

राजनीतिक दलहरुले महिलालाई हार्ने डर देखाउँदै उम्मेदवार नै उठाउन छाडेका थापाले बताउनुभयो । स्थानीय तह, प्रदेश र सङ्घमा महिलाको सहभागिता ३३ प्रतिशतभन्दा माथि भएपनि निर्णायक तहमा महिला नभएको उहाँको भनाइ छ । ‘अहिले महिलालाई समानुपातिकतर्फ लैजाने प्रवृत्ति बढेको छ । स्थानीय तहमा उपमेयरमा राख्ने गरिन्छ’, उहाँले भन्नुभयो, ‘महिलालाई निर्णायक तहमा लैजानका लागि प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार बन्नुपर्छ ।’

प्रतिनिधिसभामा अहिले प्रत्यक्ष निर्वाचन जितेर नौ जना महिला पुगेका छन् । ९२ जना महिला समानुपातिकबाट गएका हुन् । प्रदेशसभामा महिलाको सहभागिता ३४ प्रतिशत रहेको छ तर प्रत्यक्ष निर्वाचन जितेर जानेको सङ्ख्या एकदम कम देखिन्छ । स्थानीय तहमा भने महिलाको सहभागिता बढी छ ।

स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था, महिला र दलित महिला सदस्य अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्थाका कारण महिलाको सङ्ख्या बढेको देखिन्छ । यद्यपि राजनीतिक दलहरु चुनावी गठनबन्धमा गएका कारण महिलाको सङ्ख्या घटेको नुवाकोटकी हिरा तिवारी शर्मा बताउनुहुन्छ ।

‘२०७४ सालमा कांग्रेसले उपमेयरको टिकट दिएको थियो । अहिले त मेयर पदमा उठ्ने चाहना थियो कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा चुप्प लागेर बस्नुप¥यो’, उहाँले भन्नुभयो, ‘दुईवटा दल मिल्दा त मेयर र उपमेयर नै पुरुष भएका छन् ।’ अहिले स्थानीय तहमा महिलाको सहभागिता ४२.८ प्रतिशत रहेको छ । स्थानीय तहमा महिलाको सहभागिता भएपनि निर्णायक भूमिकामा नभएको २०७४ सालको निर्वाचनमा मकवानपुरको कैलाश गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बन्नुभएककी मीरा स्याङ्ताङले बताउनुभयो ।

‘महिलालाई उपमेयरमा थन्काउने गरिन्छ । उप भनेको चुप्प हो’, ठट्यौली शैलीमा उहाँले भन्नुभयो, ‘अहिले त गठबन्धनका कारण उपप्रमुखमा महिला उम्मेद्वार नै हुन पाएनन् ।’ जनसङ्ख्याका आधारमा प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी हुनुपर्ने माग छ । अहिलेको निर्वाचन खर्चिलो बन्दै जाँदा राजनीतिक दलले महिलाहरुलाई टिकट नदिने काभ्रेकी रामदेवी तामाङ बताउनुहुन्छ । ‘पार्टीलाई टिकट माग्न गयो । दुई, तीन करोड खर्च हुन्छ भनेर डर देखाउनुहुन्छ । त्यो पैसा हामीसँग हुँदैन’, उहाँले भन्नुभयो, ‘चुनावमा हुने खर्च घटाउन नसकेसम्म महिलालाई टिकट पाउन कठिन छ ।’ उहाँ २०७४ सालमा उपमेयर हुनुभएको थियो ।

निर्वाचनको खर्च पार्टीले व्यहोरेर भएपनि महिलाहरुलाई समावेश गर्नुपर्ने माग महिला अधिकारकर्मीको छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र तोकेर समेत महिलालाई राज्यको शासकीय प्रणालीमा ल्याइनुपर्ने उहाँले बताउनुभयो । अहिले पैसा नहुने व्यक्तिहरु महिला पुरुष जो भएपनि निर्वाचन लड्न कठिन छ ।

यस्तो अवस्थामा महिलाहरु पनि प्रत्यक्ष तर्फभन्दा समानुपाति तर्फबाट प्रतिनिधिसभामा जान खोज्ने गरेको नेकपा(एमाले) चितवनका सचिव प्रकाश ढुंगानाले बताउनुभयो । ‘राजनीतिक दलको नेतृत्वमा पनि महिलाको सङ्ख्या निकै कम छ । महिलाको तुलनामा पुरुषले निर्वाचनमा खर्च बढी गर्दछन्’, उहाँले भन्नुभयो दलहरुले आर्थिक कुरालाई पनि हेर्ने भएकाले प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी काम आएको मान्न सकिन्छ ।’

मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.