• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६. घट्यो सुनचाँदीको मूल्य

  • ७. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ८. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ९. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • १०. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

कालिका संस्कृत विद्यापीठमा त्रिदिवसीय अनुसन्धानात्मक गोष्ठी सुसम्पन्न


विश्वविद्यालय अनुदान आयोग र गैँडाकोट नगरपालिकाको संयुक्त सहयोगमा कालिका संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा यही २०८२ जेठ ११ देखि १३ सम्म गैँडाकोटमा भएको त्रिदिवसीय अनुसन्धानात्मक गोष्ठी आज मङ्गलबार सुसम्पन्न भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीको प्रमुख आतिथ्य, विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटाको विशिष्ट आतिथ्य तथा अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. मतिप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि प्रा. माधव अधिकारीले विश्वविद्यालयमा विद्यमान तालाबन्दीको समस्या समाधानमा दिनानुदिन वार्ता सकारात्मक हुँदै गएका सन्दर्भमा आफू यस कार्यक्रममा उपस्थित हुन पाएको जनाउँदै २०७६ सालदेखि नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विद्यापीठहरूमा वर्षमा आठ नौवटा जति यस्ता कार्यक्रमहरू हुने गरेको, विश्वविद्यालय अनुदान आयोगद्वारा प्रस्ताव आह्वान भएपछि सबै विद्यापीठलाई आवेदन दिन आफूले प्रेरित गर्दै आएको, पौरस्त्य अनुसन्धान विधिका सन्दर्भमा निकट भविष्यमै विश्वविद्यालयले अन्तरराष्ट्रिय गोष्ठीको आयोजना गर्न लागेको, वेधशाला निर्माणका लागि मध्य नेपालमा रहेको यही कालिका संस्कृत विद्यापीठ उपयुक्त ठाउँ भएको, विद्यापीठहरूमा हुने अनुसन्धानात्मक गोष्ठीहरूको एउटा प्रतिवेदन अनुदान आयोगका साथै नेपाल संस्कृत विश्वविद्यालयमा पनि प्रस्तुत गर्नु आवश्यक देखिएको र विद्यापीठको भौतिक तथा प्राज्ञिक क्रियाकलाप सञ्चालनका लागि स्थानीय र प्रदेशस्तरबाट पनि आर्थिक सहयोग जुटाउन विद्यापीठहरू प्रयत्नशील रहनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको भएको थियो ।  साथै उहाँले त्रिदिवसीय अनुसन्धानात्मक कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्ने विशेषज्ञहरू, समीक्षकहरू र सहभागीहरू सबैलाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो ।

कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटाले यहाँको यति ठूलो जनशक्ति कहाँ भुलिरहेको छ ? भन्ने प्रश्न गर्दै हामी स्वयंसेवकका रूपमा खटिने बेतलबीहरूलाई सधैँ संस्कृतको बढ्ता चिन्ता र चासो भइरहे जस्तै सदैव तलबीका रूपमा खटिने यहाँका प्राध्यापक र कर्मचारीहरूले संस्कृतमा विद्यमान ज्ञानराशिलाई जनमानसमा प्रवाहित गरेर यसबाट वर्तमान समाजलाई लाभान्वित गराउनुपर्ने, भूत र भविष्यको चिन्ता नगरीकन वर्तमानमा काम गर्नुपर्ने र बढीभन्दा बढी उदार भएर संस्कृत वाङ्मयको प्रवर्द्धन गर्न समर्पित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । त्यस्तै अनुसन्धान व्यवस्थापन समितिका संरक्षक तथा विद्यापीठका प्राचार्य डा. केशवराज चालिसेले प्राच्य वाङ्मयलाई नवीन शास्त्रहरूहरूसँग पनि जोड्न सकौँ भन्ने जनाउँदै प्रत्येक वर्ष सञ्चालन गरिने यस किसिमका गोष्ठीहरूमा विषयवस्तुहरूको पुनरावृत्ति भइरहे पनि त्यसले नवीनता ल्याउने र परिष्कार गर्दै जान सघाउने विचार व्यक्त गर्नुभएको थियो ।

नेपाली तथा अङ्ग्रेजी विभागका प्रमुख तथा गोष्ठीको प्रतिवेदन तयारीको जिम्मेवारी वहन गर्नुभएका उपप्राध्यापक पीताम्बर सापकोटाले त्रिदिवसीय अनुसन्धानात्मक गोष्ठीको उद्घाटन सत्रदेखि समापन सत्रसम्मको बाह्य र आन्तरिक गरी दुई प्रकारमा विभाजन गरेर सङ्क्षिप्त प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियो । अनुसन्धान व्यवस्थापन समितिका तर्फबाट उपप्राध्यापक कृष्णमणि पहारीले स्वागत मन्तव्य, विभागीय प्रमुखहरूका तर्फबाट व्याकरण विभागका अध्यक्ष डा. गोपीनाथ कण्डेल, सहभागी महिला प्रतिनिधिका रूपमा जनक हजारी विद्यापीठ जनकपुरकी उपप्राध्यापक अनिता आचार्य र सहभागी पुरुष प्रतिनिधिका तर्फबाट यालना विद्यापीठ मटिहानीका उपप्राध्यापक भीमलाल पाण्डेले आनुभविक मन्तव्यहरू व्यक्त गर्नुभएको थियो ।

अनुसन्धान व्यवस्थापन समितिका संयोजक तथा समापन सत्रका सभापति डा. मतिप्रसाद ढकालद्वारा त्रिदिवसीय अनुसन्धानात्मक गोष्ठीको उद्घाटन सत्रदेखि समापन सत्रसम्म जम्मा ७ सत्रहरू भएका, ती सत्रहरूमा विपी कोइराला संस्कृत विद्यापीठ, यालना विद्यापीठ, जनक हजारी विद्यापीठ, वाल्मीकि विद्यापीठ, महेश संस्कृत गुरुकुल विद्यापीठ, परमानन्द संस्कृत गुरुकुल विद्यापीठ, वेदवेदाङ्ग गुरुकुल विद्यापीठ, कालिका संस्कृत विद्यापीठ, वीरेन्द्र बहुमुखी क्याम्पस, विश्वविद्यालय विद्यापीठ र शारदा विद्यापीठ गरी ११ वटा विद्यापीठ (क्याम्पस) हरू तथा विभिन्न संस्कृत गुरुकुलहरू र शोधार्थीहरू गरी जम्मा ५१ जनाको सहभागिता रहेको जनाउँदै बाह्य विशेषज्ञ ६ जना र आन्तरिक विशेषज्ञ ५ जना गरी ११ जना विशेषज्ञहरूबाट विभिन्न विषयमा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको, तीमध्ये ‘पाण्डुलिपि सम्पादन विधि’ शीर्षकको कार्यपत्र सबैभन्दा नौलो र नयाँ अनुसन्धाताहरूका लागि बढ्ता चासोको विषय ठहरिएको, यस किसिमका गोष्ठीहरूबाट प्राध्यापकहरूलाई अनुसन्धानात्मक लेख लेख्न, आफ्नो विषयगत शिक्षणलाई प्रभावकारी बनाउन र विद्यावारिधिस्तरीय अनुसन्धान गर्नसमेत दिशानिर्देश गर्ने तथा शोधार्थीलाई अनुसन्धानको प्रायोगिक क्षेत्रमा प्रवेश गर्न सघाउ पुग्ने बताउँदै गोष्ठी सम्पन्न गर्न प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सघाउने सबैप्रति धन्यवाद ज्ञापन गरिएको थियो भने उक्त कार्यक्रमको संयोजकीय जिम्मेवारी र उद्घोषणको कार्य पनि अनुसन्धान व्यवस्थापन समितिका सदस्य सचिव कपिलदेव भट्टराईले गर्नुभएको थियो ।(डा. मतिप्रसाद ढकालका अनुसार)

 

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६.
    घट्यो सुनचाँदीको मूल्य

भर्खरै

  • १.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • २.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • ३.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.