Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

पाल्हीनन्दन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नवलपरासी – १२ जेष्ठ
पश्चिम नवलपरासी स्थित पाल्हीनन्दन गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८१ हरपुर माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको छ। प्रतियोगिता जेष्ठ १५ गतेसम्म चल्नेछ भने हालको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ। यस प्रतियोगिताको औपचारिक उद्घाटन हरपुर मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव नारायण बानियाँको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन दिन छात्र र छात्रा दुवै तर्फ ८०० मिटर र २०० मिटर दौड प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले, “खेलकुद केवल मनोरञ्जनको विषय होइन, यो शारीरिक र मानसिक विकासका साथै राष्ट्र निर्माणको आधार रहेको बताए। उनले भने विविध कारणले जाडो मौसममा प्रतियोगिता सञ्चालन गर्न नसकेको तर विद्यार्थीको प्रतिभा उजागर गर्न गर्मी मौसममा भए पनि बिहान समय मिलाई यो प्रतियोगिता आयोजना गरिएको स्पष्ट गरे। प्रतियोगिता बिहानको समय सीमामा मात्र सञ्चालन गरी विद्यार्थीलाई गर्मीबाट जोगाउने प्रयास गरिएको उनले बताए।

यस प्रतियोगितामा पाल्हीनन्दन गाउँपालिकाभित्रका १० वटा विद्यालयहरूको सहभागिता रहेको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फका खेलाडीहरूले एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी, दौड, जम्प लगायतका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। अन्तिम दिन जेष्ठ १४ गते सम्पन्न हुने समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।यो प्रतियोगिता पालिकामा लुकेका खेल प्रतिभाहरूको पहिचान गर्दै तिनीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्‍याउने दिशामा एक महत्वपूर्ण पाइला बन्ने विश्वास आयोजकको रहेको छ।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) के स्वागत मन्तव्य राखेका थिइन् भने नेपाल प्रहरी नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ, शसस्त्र प्रहरी बल नवलपरासीका एसपी सन्तोष रायमाझी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप-निर्देशक विमल घिमिरे, वार्ड अध्यक्षहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.