• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

लोकप्रिय समाचार

  • १. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ३. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५. नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ६. अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

  • ७. बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • ८. कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

  • ९. आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँः स्थानीयवासी

आदिकवि भानुभक्त मा.वि.द्वारा भ्रामक सूचनाको खण्डन गर्दै प्रेस विज्ञप्ति सार्वजनिक


भरतपुर, चितवन | आदिकवि भानुभक्त माध्यमिक विद्यालय, भरतपुर चितवनले हालै युट्युब र अन्य संचारमाध्यममा विद्यालयकाे नाम जोडेर प्रसारित गरिएका भ्रामक तथा अतिरञ्जित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। विद्यालय व्यवस्थापन समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता समाचारले सामुदायिक विद्यालयको गरिमामा आँच पुर्‍याएको भन्दै खेद व्यक्त गरेको छ।

विद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, एसईई २०८० को परीक्षाफलमा चितवन जिल्लाका सामुदायिक विद्यालयमध्ये विद्यालयले उत्कृष्ट तृतीय स्थान प्राप्त गरी पुरस्कृत भइसकेको स्पष्ट गरिएको छ। यसै सफलता पछाडि अभिभावकहरूको सक्रिय सहभागितामा, एसईई २०८१ का लागि साँझ ६ बजेदेखि राति ९ बजेसम्म विशेष तयारी कक्षा संचालन गरिएको थियो।

विज्ञप्तिमा भनिएको छ, “तीन महिना अगाडिदेखि नै संचालन गरिएको तयारी कक्षामा प्र.अ., स.प्र.अ. र विषयगत शिक्षकहरूले समयअनुसार जिम्मेवारी पूरा गरेका थिए। यस क्रममा कुनै अनियमितता वा आर्थिक हिनामिना भएको छैन। अभिभावक भेलाबाट निर्णय गरिएको अतिरिक्त शुल्क शिक्षकहरूले आफै संकलन गरेका थिए र आवश्यक हिसाबकिताब बाँकी रहेको मात्र हो।”

विद्यालय व्यवस्थापन समितिले यस्ता विषयलाई तोडमोड गरी पत्रकारिताको नाममा विद्यालयप्रति पूर्वाग्रही ढंगले प्रस्तुति दिनु निन्दनीय रहेको बताएको छ। साथै विद्यालयको नाममा गलत र भ्रामक सन्देश फैलाउने जो–कोहीलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

विद्यालयले थप प्रष्ट पारेको छ कि १४०० भन्दा बढी विद्यार्थीहरूको सपना साकार पार्ने लक्ष्यसहित बुक–लेस होम अभियानअन्तर्गत बिहान ६ बजेदेखि राति ९ बजेसम्म शिक्षक, कर्मचारी र प्रशासनले कडा मेहनत गरेका छन्। विद्यार्थीलाई सुरक्षित रूपमा घर पुर्‍याउने कार्यमा समेत खटिएकाहरूलाई धन्यवाद दिँदै विद्यालयले उनीहरूको मनोबल घटाउने क्रियाकलापको कडा विरोध गरेको छ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू — अध्यक्ष रत्नलाल शर्मा कंडेल, सदस्यहरू केशव महर्जन, चुननारायण श्रेष्ठ, मेरिना श्रेष्ठ, महेन्द्र थापामगर, रश्मी पोख्रेल, पशुपति रोकाय, दिपेश राय, रामजी प्र. अधिकारी, विष्णु प्रसाद न्यौपाने, डम्बर बहादुर शाहीलगायत सम्पूर्णले यस विज्ञप्तिमा सहमति जनाएका छन्।

विद्यालयले सम्बन्धित सबै पक्षहरूलाई यस्ता गलत सूचनाबाट टाढा रहनु र सामुदायिक विद्यालयको प्रगति र प्रतिष्ठा कायम राख्न सहयोग गर्न आह्वान गरेको छ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध
आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने
विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो
गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ३.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५.
    नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ६.
    अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

भर्खरै

  • १.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • २.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ३.
    आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ५.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • ६.
    गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ७.
    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

  • ८.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.