हेटौंडा, जेठ १०- हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड अवरुद्ध भएको १२ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।
ललितपुरको बागमती गाउँपालिका-२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएको हो । अवरुद्ध कान्तिलोकपथ सडक पूर्ण सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।