• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

कोटिहोममा देशभरबाट आफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै


पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ  झाकी  प्रदर्शन गरिएको हो ।

हुन पनि कोटिहोममा आफ्नो जातीय संस्कृति प्रस्तुत गर्न पाइने र सगसगै ऐतिहासिक कोटिहोमको दर्शन गर्न पाईन भएकाले पनि देशभरबाट विभिन्न जातजातिहरू आफ्नो झाकी सहित कोटिहोममा आउने गरेको आयोजकले जनाएको छ ।

यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।

‘कोटिहोममा देशभरबाट विभिन्न जात जातिले आफ्नो संस्कृति प्रस्तुतसँगै कोटिहोम दर्शन गरेका छन्’ खनालले भने– ‘धर्मसँगै विभिन्न जात जातिको संस्कृतिलाई उजागर गर्ने थलो कोटिहोम वनेको छ ।’

महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जेठ ३ गते शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेको जानकारी दिए ।

उनका अनुसार २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुनेछ जुन महायज्ञमा १ हजार भन्दा बढी धार्मिक संघ संस्था पनि सामेल हुनेछन् ।

उनले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण हुने बताए ।

कोटिहोममा आज चर्चित गायिका एलिना चौहान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको पनि प्रस्तुति रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोममा जेठ २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

त्यसै गरी ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते  राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

महायज्ञमा गत वैशाख २७ गते देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटीहोममा प्रवचन गरिरहेका छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी रहेको छ ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।

कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.