• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भरतपुरको रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क ग्रुपले चलाउने, नाम राख्यो ल्याण्डमार्क नारायणी

चितवन – चितवनको भरतपुर ओरालोमा रहेको चर्चित होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने भएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो व्यवस्थापनमा होटल सञ्चालन ल्याएको जानकारी दिएको हो । रोयल सेन्चुरीले देवघाटमा सञ्चालन गरिरहेको फार्म हाउस पनि ल्याण्डमार्कले नै चलाउने भएको छ ।

भरतपुर हाइटमा ७० रुमको होटल र देवघाट गाउँपालिका ५ भुवनटारमा करिब ४ हेक्टरमा फैलिएको फार्म हाउसको व्यवस्थापन ल्याण्डमार्कले सम्हालेको करर्पोेरेट अपरेशन निर्देशक सम्राट पाण्डेले जानकारी दिनुभयो । होटल तथा फार्महाउसको व्यवस्थापन सम्हालेसंगै ल्याण्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको उहाँले बताउनुभयो । सेवा परिस्कृत गर्दै रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीमा ७० कोठा छन । यहाँ छ वटा विभिन्न साइजका ब्याकेट तथा व्यवसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल रहेका छन । यस्तै रमाइलो वातावरणमा खानाका लागि रेष्टुरेन्ट,पेय पदार्थको विविधतासहितको बार,कफी हाउस,खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस उपलब्ध रहेको ल्यान्डमार्क होटलका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार होटलले आगामी दिनमा स्विमिङ पुल समेत थप गर्नेछ । ल्याण्डमार्क नारायणी व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न तयार रहेको भन्दै उहाँले यस होटलको सेवा लिनका लागि सबैलाई अनुरोध गर्नुभयो ।

यस्तै देवघाटमा करिव डेड विघामा फैलिएको ल्याण्डमार्क फार्म हाउसमा १३ कोठा र आकर्षक कटेज रहेका छन । त्रिशूली नदीको किनारमा अवस्थित फार्म हाउसमा प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका निर्देशक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसारमा फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । फार्म हाउसमा स्विमिङ पूल, पूल साइड पार्टी स्पेस, बार र रेस्टुरेन्ट तथा ट्री हाउस समेत रहेको जानकारी दिनुभयो ।

भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्षले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सेवा विस्तार गरेको अर्का निर्देशक रमेश पाण्डेले जानकारी दिनुभयो । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट नेपालकै प्रतिष्ठित होटल ग्रुप हो । ल्यान्डमार्कले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवनको सौराहा र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ । चितवनमा पछिल्लो समय नयाँ होटल खोल्ने र भएका होटलहरुलाई परिस्कृत गरी सञ्चालन गर्ने क्रम बढेको छ ।

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.