• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

नवलपुरमा गैँडाकोटबाट जग्गाको नापजाँच सुरु

भूमि समस्या समाधान आयोग नवलपुरले भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने तयारीसहित काम सुरु गरेको छ । आयोगले आइतबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ३ केलादीबाट भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारीसहित नापजाँचको काम सुरु गरेको हो ।

कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले चुनावको बेलामा सुकुमबासी, दलित भूमिहीनहरुप्रति गरेको प्रतिबद्धता अनुसार काम गर्न सुरु गरेको बताउनुभयो । लामो समयदेखि जमिन कुरेर बसेका व्यक्तिलाई जग्गाको मालिक बनाउने कामको प्रकृया सुरु भएको भन्दै नगरप्रमुख अधिकारीले अब पुर्जा पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । सरकार तलमाथि नभए तथा कानुनले नरोकेको अवस्थामा आगामी भदौसम्म लालपुर्जा वितरण गरिने उहाँको भनाइ छ ।

जग्गा नापजाँचका क्रममा भूमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले यसअघि अस्थिरताको कारण आयोगले काम पूरा गर्न नसकेका बताउनुभयो । अहिले नापजाँच सुरु भएको केलादीमा जङ्गल रहेको भए पनि २०७६ को कानुनले १० वर्ष बसोबास भएको तर रुख नभएको जमिन भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई दिन सकिने भनेको कारण जग्गा नापजाँच सुरु गरिएको बताउनुभयो । जग्गाको पुर्जा वितरणका लागि नौ वटा चरणहरु पार गर्नुपर्ने भन्दै अध्यक्ष खरेलले अहिले सुरु भएको जग्गा नापजाँचको चरण चौथो भएको बताउनुभयो ।

गैँडाकोट नगरापलिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा निर्वाचित भएर आउँदा यही केलादीबाट विद्युतीकरण सुरु गरेर पूरा गरेकोमा अहिले लालपुर्जाको काम पनि यहाँबाट सुरु भएको र पूरा हुने बताउनुभयो । विवाद रहित तरिकाले काम गरेर चाँडो लालपुर्जा वितरण गर्ने तयारीमा आफूहरु रहेको उहाँको भनाइ छ ।

गैँडाकोट नगरपालिकाको भूमि तथा जग्गा प्रशासन शाखा प्रमुख विष्णुराज गौतमले नगरस्तरीय सहजीकरण समिति निर्माण गरी कार्ययोजना बनाएर जग्गाको नापजाँचको काम सुरु गरेको बताउनुभयो । अबको दिनमा कार्ययोजनाअनुसार अगाडि बढिने गौतमले बताउनुभयो । काम छिटो र सहज तरिकाले गर्न फिल्डको कामसँगै कागजपत्र तयार पार्ने कामसमेत सँगसँगै लैजाने उहाँको भनाइ छ ।

आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.