• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन १८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

लोकप्रिय समाचार

  • १. फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २. अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ३. आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४. चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ५. आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

नवलपुरमा गैँडाकोटबाट जग्गाको नापजाँच सुरु


भूमि समस्या समाधान आयोग नवलपुरले भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने तयारीसहित काम सुरु गरेको छ । आयोगले आइतबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ३ केलादीबाट भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारीसहित नापजाँचको काम सुरु गरेको हो ।

कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले चुनावको बेलामा सुकुमबासी, दलित भूमिहीनहरुप्रति गरेको प्रतिबद्धता अनुसार काम गर्न सुरु गरेको बताउनुभयो । लामो समयदेखि जमिन कुरेर बसेका व्यक्तिलाई जग्गाको मालिक बनाउने कामको प्रकृया सुरु भएको भन्दै नगरप्रमुख अधिकारीले अब पुर्जा पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । सरकार तलमाथि नभए तथा कानुनले नरोकेको अवस्थामा आगामी भदौसम्म लालपुर्जा वितरण गरिने उहाँको भनाइ छ ।

जग्गा नापजाँचका क्रममा भूमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले यसअघि अस्थिरताको कारण आयोगले काम पूरा गर्न नसकेका बताउनुभयो । अहिले नापजाँच सुरु भएको केलादीमा जङ्गल रहेको भए पनि २०७६ को कानुनले १० वर्ष बसोबास भएको तर रुख नभएको जमिन भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई दिन सकिने भनेको कारण जग्गा नापजाँच सुरु गरिएको बताउनुभयो । जग्गाको पुर्जा वितरणका लागि नौ वटा चरणहरु पार गर्नुपर्ने भन्दै अध्यक्ष खरेलले अहिले सुरु भएको जग्गा नापजाँचको चरण चौथो भएको बताउनुभयो ।

गैँडाकोट नगरापलिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा निर्वाचित भएर आउँदा यही केलादीबाट विद्युतीकरण सुरु गरेर पूरा गरेकोमा अहिले लालपुर्जाको काम पनि यहाँबाट सुरु भएको र पूरा हुने बताउनुभयो । विवाद रहित तरिकाले काम गरेर चाँडो लालपुर्जा वितरण गर्ने तयारीमा आफूहरु रहेको उहाँको भनाइ छ ।

गैँडाकोट नगरपालिकाको भूमि तथा जग्गा प्रशासन शाखा प्रमुख विष्णुराज गौतमले नगरस्तरीय सहजीकरण समिति निर्माण गरी कार्ययोजना बनाएर जग्गाको नापजाँचको काम सुरु गरेको बताउनुभयो । अबको दिनमा कार्ययोजनाअनुसार अगाडि बढिने गौतमले बताउनुभयो । काम छिटो र सहज तरिकाले गर्न फिल्डको कामसँगै कागजपत्र तयार पार्ने कामसमेत सँगसँगै लैजाने उहाँको भनाइ छ ।

आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ३.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ५.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ४.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ६.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ७.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.