• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?


श्री गणेशाय नमः 
आज विक्रम संवत २०८२ साल वैसाख २ गते,  मंगलबार । ईश्वी सन् २०२५ अप्रिल १५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि–द्धितीया, ८ घडी २२ पला, बिहान ९ बजेर २ मिनेट उप्रान्त तृतीया ।

आजको बार बेला

बिहान ५ बजेर ४२ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर ४३ मिनेटदेखि बिहान ७ बजेर १७ मिनेटसम्म उद्धेग बेला ।
बिहान ७ बजेर १८ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १६ मिनेटसम्म शुभ बेला ।
दिउसो ४ बजेर १७ मिनेटदेखी बेलुकी ४ बजेर ५२ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ५३ मिनेटदेखि बेलुकी ७ बजेर ५२ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल
दिउँसो ३ बजेर १६ मिनेटदेखि बेलुकी ४ बजेर ५२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्ह मुहुर्त
बिहान ४ बजेर ७ मिनेटदेखि बिहान ४ बजेर ५५ मिनेटसम्म ब्रम्ह मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । र, पनि गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तकासाथ रमाइलो यात्राको अवसर जुर्ने तथा मीठा मीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव बढ्नेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रसस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योग, शेयरबजार, कागज तथा प्रेसमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यवसाय फस्टाएर जानेछ । समय अनुशार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनैपनि व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । फिल्मी तथा मनोरञ्जन क्षेत्रबाट लाभ लिन सकिनकेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी समय फलदायी रहेकाले पद प्राप्तिको गतिलो योग रहेकोछ । कागज तथा प्रेस सम्बन्धी वस्तुमा लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यूं) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । र, पनि विदेश यात्राको योग रहेकोछ भने विदेशमा बसेर काम वा अध्ययन गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ, कागज तथा प्रेस तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्र्टस, कागज तथा प्रेस सम्बन्धी कामबाट लाभ लिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सू,से,सो,दा) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुने तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनसक्छ, ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.