• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो

सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ७. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ९. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • १०. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

करार र आंशिक प्राध्यापक र कर्मचारीको दबाब झेल्न नसकेपछि १३ महिनामै बिदा भए त्रिविका उपकुलपति

काठमाडौं, चैत १७  । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्राडा केसरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन ।

गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एंव त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । प्रचण्डको जोडबलमा उपकुलपति बनेको भन्दै उनीमाथि सुरुदेखि नै प्रश्न उठेको थियो ।

खुला प्रतिस्पर्धाबाट उपकुलपतिको नाम छनौट गर्दा बराल दोस्रो नम्बरमा थिए । तर, तत्कालीन प्रधानमन्त्री प्रचण्डको चाहनामा उनी उपकुलपतिमा नियुक्त भएका थिए ।

उपकुलपतिको कार्यालय ४ वर्षको हो तर एक वर्षमै राजीनामा दिएर बराल पोखरा फर्किएका छन् । ‘गाडी, पीएसओ, ल्यापटप फिर्ता गरिसक्नु भएको छ । उहाँ चार दिनअघि नै पोखरा घर जानु भएको हो’, त्रिविका एक कर्मचारीले भने ।

पोखरा जानुअघि उनले प्रचण्डलाई भेटेर आफूले राजीनामा दिने बताएका थिए । ‘प्रचण्डज्यूलाई भेटेर राजीनामा दिन्छु भन्नू भएको रहेछ । करार र आंशिक शिक्षकबाट दबाब आयो’, बरालले प्रचण्डलाई भनेका थिए ।

माओवादी निकट नेपाल प्राध्यापक संगठनका एक पदाधिकारीका अनुसार प्रचण्डले राजीनामा नदिन र मिलाएर काम गर्न बराललाई भनेका थिए । तर, बरालले करार शिक्षक कर्मचारीलाई स्थायी र आंशिकलाई करार बनाएर कालो धब्बा नबोक्ने बताएका थिए । शनिबार प्रचण्डले प्राध्यापक संगठनको कार्यक्रममा पनि बरालले प्राध्यापक र कर्मचारीका कारण राजीनामा दिन बाध्य भएको बताएका थिए ।

‘भीसीलाई कर्मचारी र प्राध्यापकबाट दबाब आयो । अदालतले मिल्दैन भनेको छ । राजीनामा दिन बाध्य बनाइयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्राध्यापक संगठनका एक पदाधिकारीले भने ।

करिब ४०० करार प्राध्यापक र कर्मचारीले स्थायी गर्न र एक हजार अंशिकले स्वतः करार गर्न दबाब दिएका हुन् ।

विशेष आन्तरिक खुला प्रतियोगिताको आधारमा प्राध्यापक र कर्मचारीले स्थायी र करार बनाउन भनेका हुन् । तर, सर्वोच्च अदालतले त्यो व्यवस्था खारेज गरेपछि बराल दबाबमा परेका हुन् । ‘एक पटकलाई भन्ने तर पटक पटक गर्ने गरेपछि अदालतले विशेष आन्तरिक खुला प्रतियोगिता खारेज गर्दियो । अदालतको निर्णय मान्नै पर्‍यो । नमाने भीसीलाई नै अफ्ट्यारो पर्ने । यता प्राध्यापक र कर्मचारीले स्थायी र करार बनाउन दबाब दिने’, त्रिविका एक कर्मचारीले भने, ‘काम गर्न अफ्ट्यारो भएपछि राजीनामा दिन बाध्य हुनु भएको हो ।’

एक हप्ताअघिदेखि नै बराल राजीनामा दिने मनस्थितिमा थिए । उनले कानुनसँग पनि राय सुझाव लिएका थिए । ‘बराल सर टेन्सनमा देखिनु हुन्थ्यो । राजीनामा दिन्छु दिन्छु भनिरहनु भएको थियो। आफ्नो इमेज बिगार्नु भन्दा राजीनामा दिन उपयुक्त ठान्नु भयो’, भीसी कार्यालयका एक कर्मचारीले भने ।

कर्मचारीले समस्यासँग लड्न सुझाव पनि दिएका थिए । तर बरालले बारम्बार कालो धब्बा नबोक्ने भनिरहे ।

त्रिवि स्रोतका अनुसार उनले राजीनामाको कारण भने स्वास्थ्यलाई देखाएको बुझिएको छ । ‘कसैलाई दोष दिनुभएको छैन । आफ्नो स्वास्थ्यको कारण राजीनामा दिनु परेको उल्लेख गर्नुभएको छ’, भीसी कार्यालयका एक कर्मचारीले भने । परिवारले पनि राजीनामा दिन बराललाई सुझाएका थिए ।

तर राजीनामा बारे बराल बोलेका छैनन् । उनी फोन अफ गरेर बसेका छन् । प्रधानमन्त्री केपी ओलीको सचिवालय भने बरालले दिएको राजीनामा आधिकारिकरुपमा कुलपति समक्ष नआइपुगेको बताएको छ ।

आइतबार, चैत १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने
जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो
सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ
गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

भर्खरै

  • १.
    भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

  • २.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ५.
    जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो

  • ६.
    सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • ७.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • ८.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.