नवलपुर, १३ चैत । नवलपुरको गैँडाकोटमा रहेको लायन्स क्लब अफ गैँडाकोट सप्तरंगीको अध्यक्षमा साकिला परियार निर्वाचित हुनुभएको छ । गैँडाकोट–२ को वडा सदस्यसमेत रहनुभएको परियार वर्ष २०२५–२६ का लागि लायन्स क्लब अफ गैँडाकोट सप्तरंगीको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मंगलबार भएको क्लबको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले वर्ष २०२५–२६ का लागि परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा सुदर्शन प्रसाद खरेल, द्वितीय उपाध्यक्षमा पार्वती शर्मा, सचिवमा सरिता ढकाल, कोषाध्यक्षमा रेनु भण्डारी तिवारी, सहसचिवमा विमला लम्साल तथा सहकोषाध्यक्षमा विष्णुमाया थापा निर्वाचित हुनुभएको हो । क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।
वडासदस्य परियारको नेतृत्वमा लायन्स क्लब अफ गैँडाकोट सप्तरंगी
वडासदस्य परियारको नेतृत्वमा लायन्स क्लब अफ गैँडाकोट सप्तरंगी

तपाईको प्रतिक्रिया