वडाध्यक्ष सुवास चापागाईंका अनुसार वैज्ञानिक युगमा आइपुग्दा पनि केही परिवारहरू ढुङ्गाको चुलो प्रयोग गर्न बाध्य हुनु दुःखद कुरा हो। यसलाई हटाउने उद्देश्यसहित पहिलो चरणमा ३० घरपरिवारलाई चुलो वितरण गरिएको हो। उहाँले आवश्यकताअनुसार अन्य परिवारहरूलाई पनि आगामी दिनमा चुलो वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो।
स्थानिय वासिन्दा उमा विकले लामो समयदेखि ढुङ्गाको चुलो प्रयोग गर्दै आएको र नयाँ चुलो पाएपछि निकै सहज महसुस भएको बताइन्। उनले वडाले यसअघि बाख्रा वितरण कार्यक्रम सञ्चालन गरी विपन्न परिवारहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरेको र यसबाट आय-आर्जनको बाटो खुलेको पनि स्मरण गरिन्। साथै, वडाले आफूहरूको निशुल्क बीमा गरिदिएकोमा धन्यवाद व्यक्त गरिन्।
स्थानीय जनताको आवश्यकतामा ध्यान दिने साना तर प्रभावशाली कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताइन्छ। वडाले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्न निरन्तर प्रयास गरिरहेको छ, जसले गर्दा जनप्रतिनिधिप्रति विश्वास बढ्दै गएको छ।