• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ९. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा

भक्तपुर, चैत ४-  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।”

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।

लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए । रासस

सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते
गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध
आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने
विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • २.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ३.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ४.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ५.
    आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • ८.
    गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.