सांसद रामकुमारी झाक्रिको हिजोआज टिकटकमा निकै देखिन थालेकी छन् । उनले टिकटक बनाउन थालेको धेरै पनि भएको छैन । उनलाई टिकटकमा देश लकडाउनमा गएपछि देखिन थालेको हो ।
सांसद झाक्रिको टिकटक भिडियोलाई उनका फ्यानहरुले रुचाएकै छन् । उनको कुनै पनि टिकटक भिडियोमा नकारात्मक प्रतिकृया खासै देखिंदैन । उनले प्रायः सबै गीतहरुमा टिकटक भिडियो बनाईरहेकी हुन्छिन् ।
पछिल्लो समय उनले बनाएको एउटा टिकटक भिडियोमा उनको श्रीमानलाई देख्न सकिन्छ । सांसद झाक्रिले ‘सेवा गर्छन् भगवान जसरी यिनको सेवा गरुँ म कसरी ?’ बोलको गीतमा टिकटक बनाएकी छन् । उक्त गीतको टिकटक भिडियोमा सांसद झाक्रिले आफ्नो श्रीमानलाई देखाउँदै भिडियो बनाएकी हुन् ।
सो भिडियोमा सांसद झाक्रिको श्रीमानले रिसाउँदै हेरेको देखिन्छ । उनको हेराईबाट यस्तो अनुभूति हुन्छ कि मानौं सांसद झाँक्रिको श्रीमानलाई श्रीमतीले टिकटक भिडयो बनाएको मन परेको छैन । श्रीमानको रिसले भरिएको अनुहारको मतलब नै नगरी झाक्रिले भने आफ्नै पारामा भिडियो बनाएकी छन् । जुन भिडियो अहिले निकै भाइरल बनेको छ ।