• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

ट्रम्पलाई तालिवानको चेतावनी ‘हिम्मत छ भने हतियार लिन काबुल आऊ’

काबुल, फागुन १७-  अफगानिस्तानको तालिबान सरकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई हिम्मत भए काबुल आएर हतियार लैजान धम्की दिएको छ। उसले अमेरिकाको हतियार फिर्ता नगर्ने स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले छोडेका हतियार फिर्ता ल्याउने कुरा गरेपछि तालिबानले उक्त प्रतिक्रिया दिएको हो। सन् २०२१ मा तालिबान काबुलतर्फ अघि बढेपछि अमेरिकी सेनाले अफगानिस्तान छोडेर हिँडेको थियो। यो अवधिमा अफगानिस्तानमा ठूलो संख्यामा अमेरिकी हतियार छुटे। ट्रम्पले यसै वर्ष जनवरीमा अमेरिकामा फेरि सत्ता सम्हालेपछि यी हतियार फिर्ता गर्ने कुरा गरेका छन्। ​ट्रम्पको यस्तो मागका कारण तालिबान आक्रोशित छन्।

यसअघि अफगान सरकारका प्रवक्ता जबिहुल्ला मुजाहिदले पनि ट्रम्पलाई यस्तै चुनौती दिएका थिए। मुजाहिदले यी हतियार अब अफगानिस्तानको भएको बताएका थिए। तालिबानले युद्ध जितेकाले ती हतियार अफगानिस्तानका भएको स्पष्ट पार्दै अमेरिकालाई फिर्ता नगर्ने जानकारी दिएका छन्।

अमेरिकी रक्षा विभागको प्रतिवेदनअनुसार अमेरिकी सेना फिर्ता हुँदा करिब ७ अर्ब अमेरिकी डलर बराबरको सैन्य उपकरण अफगानिस्तानमा छुटेको थियो। सन् २००५ देखि अगस्ट २०२१ सम्म अमेरिकाले अफगान राष्ट्रिय रक्षा र सुरक्षाबललाई १८ अर्ब ६० करोड डलर बराबरको उपकरण उपलब्ध गराएको थियो।

अमेरिकी सेनाले अगस्ट २०२१ मा अफगानिस्तान छोड्यो। यो अवधिमा अमेरिका समर्थित अफगान सेनाले केही हेलिकप्टर छिमेकी मुलुकमा अवतरण गरे पनि ठूलो संख्यामा हतियार अफगानिस्तानमै रह्यो।

अमेरिकी राष्ट्रपति र तालिबानबीच हतियारको विवाद अमेरिका र अफगानिस्तानबीच भएको दोहा सम्झौताको पाँचौँ वार्षिकीअघि आएको हो। यो सम्झौता फेब्रुअरी २९, २०२० मा हस्ताक्षर भएको थियो। यो सम्झौताअनुसार अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको थियो। अहिले अफगानिस्तानमा छाडिएको अमेरिकी सैन्य उपकरणको विवाद दुवै पक्षमा चर्किरहेको छ।

ट्रम्पले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको सबैभन्दा ठूलो हवाई अड्डा बगरामबारे पनि बयान दिएका छन्। ट्रम्पले बगराम हवाइ अखडा चीनको कब्जामा रहेको र त्यसलाई फेरि आफ्नो नियन्त्रणमा लिने बताएका छन्।

यो हवाई अड्डा रणनीतिक रूपमा निकै महत्त्वपूर्ण छ। यस्तो अवस्थामा बगराम हवाइ अखडा पनि यो तालिबान र अमेरिकाबीचको तनावको मुद्दा पनि बन्न सक्छ।

आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.