• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ६. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • १०. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

भरतपुर मेयर्स कप क्रिकेटः चितवन माविको सेमीफाइनल सम्भावना जिवितै

चितवन, फागुन ९–  भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा चितवन माविले साविक उपविजेता वाल्मीकि शिक्षा सदनलाई ४ विकेटले पराजित गरेसंगै सेमीफाइनल सम्भावना बलियो बनेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको खेलमा चितवन माविले साविक उपविजेता वाल्मीकि शिक्षा सदनलाई ४ विकेटले पराजित गर्दै ३ खेलमा ४ अंक बनाएर सेमीफाइनल संभावना बलियो बनाएको हो । चितवन माविले अब लिग चरणको अन्तिम खेलमा नारायणी इङलिस पब्लिक स्कुलसंग भिड्ने छ । उक्त खेलको विजयी भए चितवन मावि सिधै सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित भएमा नारायणी पब्लिक, वाल्मीकि शिक्षा सदन र चितवन मावि मध्ये नेटरनरेटको आधारमा एक टोली सेमीफाइनलमा पुग्ने छ । समूह ‘ए’बाट समान ३ खेलमा जित निकालेको साविक विजेता अर्किड एक खेल अगावै सेमीफाइनल स्थान सुरक्षित गरि सकेको छ । अर्किडले अन्तिम खेलमा समूहको पुछारमा रहेको हिमालय दण्डपानी माविसंग खेल्नेछ । हिमालय लिग चरणमा जितविहिन रहेको छ ।

साविक उपविजेता वाल्मीकि शिक्षा सदन टस जितेर ब्याटिङ गर्दै चितवन मावि समक्ष १८.५ ओभरमा अलआउट हुँदै ९२ रनको झिनो लक्ष्य पेश गरेको थियो । वाल्मीकिका लागि समिर न्यौपानेले ३१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । चितवन माविका वेद प्रकास शाहले ४ ओभरमा ११ रन खर्चिदै ४ विकेट लिए । पवन महतोले २ विकेट लिए ।

९२ रनको लक्ष्य पछ्याएको चितवन मावि १५.४ ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्‍यो । उसका लागि अजित यादवले २४ बलमा ४० रनको विष्फोटक पारी खेले । उमाशंकर यादवले २१ रन बनाए । वाल्मीकिका माधव सापकोटाले ३ र दिप्सन गौडेलले एक विकेट लिए । चितवन माविका वेद प्लेयर अफ दि म्याच घोषित भए ।

भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।

शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
बाबुरामले छाडे प्रलोपा
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा
कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ६.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ७.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ८.
    बाबुरामले छाडे प्रलोपा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.