गैँडाकोट , गैँडाकोटमा आयोजित वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ बिहीबार भव्य रूपमा उद्घाटन गरिएको छ। प्रतियोगिताको पहिलो खेलमा हुप्सेकोट गाउँपालिकाले बुलिङटार गाउँपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ।
हुप्सेकोटका तर्फबाट यमप्रसाद बुढामगरले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका थिए भने विशन खाम्चा मगर र मिसन सोती मगरले समान १–१ गोल गर्दै टिमलाई सशक्त जित दिलाए। प्रभावशाली खेल प्रदर्शन गरेबापत यमप्रसाद बुढामगरलाई “म्यान अफ द म्याच” घोषित गरियो।
शुक्रबार प्रतियोगिताको दोस्रो खेल मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबीच दिउँसो २ बजे क्षेत्रीय रंगशालामा हुने तय भएको छ।



