चर्चित गायक तथा संगीतकार तेजस रेग्मीको आवाजमा लोकदोहोरी गीत ‘मलाई भन अरुलाई भन्दिन…’ रिलिज भएको छ । गीतमा गायक तेजस रेग्मीलाई राजु कंडेल र गायिका रिना केसीले साथ् दिएका छन् ।
छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतको शब्द, संगीत गायक स्योयम् रेग्मीले गरेका हुन् । योगेश काजीको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मीको आफ्नै अफिसियल युटुब च्यानल टि आर सिरिजबाट सार्बजनिक गरिएको हो ।
गीतको भिडिओमा मोडल दुर्गेश थापा, तेजस रेग्मी, अर्जुन गौतम, दिपाषा बिसी, गरिमा शर्मा र अस्मिता जुरेलीको दमदार अभिनय देख्न सकिन्छ ।
शिब बिकको निर्देशनमा तयार पारिएको भिडीओको छायांकन अजय रेग्मीले गरेका हुन् भने प्रविन भट्टको सम्पादन रहेको छ ।