• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

बालकुमारी कन्या माविले मनायो ६३औँ वार्षिकोत्सव

चितवन, २९ माघ । चितवनको भरतपुर–२ नारायणघाटमा रहेको बालकुमारी कन्या माविले ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आज मंगलबार वृहत कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले आफ्नो कूल बजेटको १० प्रतिशत शिक्षामा खर्च गर्नुपर्नेगरी नीतिग निर्णय गरेको भन्दै सबै वडाले सोहीअनुसार गर्नुपर्ने बताउनुभयो । त्यस्तै बालकुमारी कन्या माविको भवन निर्माणको योजना ल्याएमा त्यसको समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरु बीचमा विद्यालय छोड्ने क्रम बढ्दो भएको भन्दै यसको समाधानका लागि विद्यालयले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले सामुदायिक विद्यालयका समस्या र अप्ठ्याराबारे आफू जानकार रहेको बताउनुभयो । वडाभित्रको शिक्षामा गुणस्तर कायम गर्न बजेट प्रदान गरिरहेको बताउनुभयो । उहाँले बालकुमारी कन्या माविलाई छात्रामात्रै पढाउने तथा बालकुमारी माविलाई छात्रमात्रै पढाउने विद्यालयको रुपमा विकास गर्दा शैक्षिक गुणस्तरमा वृद्धि आउने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद वाग्लेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयले माघ २३ गतेदेखि ६३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद तथा बौद्धिक प्रतियोगिता गरेको बताउनुभयो । विद्यालयमा कक्षा १२ सम्म एक हजार १५७ जना विद्यार्थी तथा ४५ जना शिक्षक रहेको उल्लेख गर्दै उहाँले विद्यालयमा कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, आइसिटी प्रयोगशाला, गणित प्रयोगशाला, सामाजिक प्रयोगशालालगायतका पूर्वाधार रहेको बताउनुभयो ।
विद्यालयको रु ११ लाख ४८ हजार २२१ बराबरको अक्षय कोषबाट प्राप्त व्याजबाट वार्षिकरुपमा ५८ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको वाग्लेले उल्लेख गर्नुभयो । विद्यालयको मूल भवन जीर्ण हुनु, पुरानो भवनको भुइतले कोठाहरु कम शिक्षणमैत्री हुनु, विविध कारणले प्रविधिमैत्री सिकाइ कम हुनु, व्यवस्थित विज्ञान प्रयोगशाला नहुनु, विद्यार्थी संख्या अनुसार चमेनागृह नहुनुलगायतका समस्या विद्यालयले भोग्नुपरेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुकेले विद्यालयका अधिकांश अभिभावकहरु दिनभर श्रम गरेर विद्यार्थी पढ्न पठाउने खालका भएकाले उनीहरुले विद्यार्थीको पढाइप्रति ध्यान दिन नसकेका बताउनुभयो । शिक्षक तथा विद्यालय, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर कायम गर्न सकिने भन्दै उहाँले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयको वार्षिकोत्सवको अवसरमा नर्सरी, कक्षा १–५, ६–८ तथा ९–१२ मा सर्वोत्कृष्ट र सर्वोद्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदी, बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटालगायत अभिभावक र विद्यार्थीहरुले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुनप्रसाद भट्टले स्वागत गर्नुभएको थियो ।

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.