• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. यस्तो छ आजको मौसम

खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

तनहुँ: जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् ।

शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताउनभुयो । उहाँका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ ।

केराको थम्बाबाट उपयोगी सामान उत्पादन तथा निर्माण गर्न सिकाउने तालिमले खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरिएको प्रमुख आचार्यले बताउनुभयो ।उहाँले भन्नुभयो, “स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिएका हौँ, यसले खेर गएका कच्चा पदार्थ उपयोगमा आउनुका साथै सीप विकास तथा पुस्ता हस्तान्तरण हुन्छ ।”

आधारभूत तालिम प्राप्त गर्ने सहभागीको सक्रियताका आधारमा उनीहरूलाई सीपमा दक्ष र व्यावसायिक बनाउन अर्को चरणको तालिम दिइने प्रमुख आचार्यले बताउनुभयो । यस्ता तालिममार्फत महिलालाई सीपयुक्त र आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रशिक्षक गोमा अम्गाईँले केराको थम्बाबाट रेशा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउन सिकाउनुभएको थियो । उहाँले गाउँघरमा प्रशस्त पाइने केराको थम्बाबाट कपडालगायत धेरै किसिमका सामग्री बनाउन सकिने र उपयोगी पनि हुने बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिकाका ११ महिलाले केराको थम्बाबाट विभिन्न उपयोगी सामग्री तयार पार्ने हस्तकलाको सीप सिकेका छन् । सीपलाई यहाँका महिलाले उपयोग गर्न सकेमा आर्थिक रूपमा सबल बन्न सहयोग पुग्नेछ । सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा महिला उद्यमी सङ्घ शुक्लागण्डकी एकाइले आयोजना गरेको हो ।महिला उद्यमी सङ्घ शुक्लागण्डकीका अध्यक्ष तुलसी शाहले केबल फल खानमात्र प्रयोग भइरहेको केराको थम्बाबाट विभिन्न सामग्री बनाउने सीप सिक्न पाउँदा उत्साहित भएको बताउनुभयो ।

तालिममा सहभागी अन्य महिलाले सिकेको सीपलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्नतर्फ काम गर्ने बताए । केराको रेशाबाट सामग्री बनाउन एक हप्ताको तालिम प्रदान गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ । महिलाले कच्चा पदार्थ र सीपको उपयोग गर्नसके आर्थिक रूपमा सम्पन्न बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.

  • ६.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ७.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.