• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई ‘हनीट्रयाप’

काठमाडौं, माघ २६-  चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडांैको कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।

२८ वर्षीया आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । अनुसन्धान कार्यालयको पत्रको आधारमा काठमाडौँ प्रहरीले उनीविरुद्ध आपराधिक लाभ लिन खोजेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

करिब ४ महिनाअघि अस्मिता कुलेश्वर स्थित एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा जान्छिन् । त्यहाँ उनले राइसकुकर मर्मत गरिदिन भनिन् । राइसकुकर मर्मतकर्ताको फोन नम्बर लिइन्, कुरा गर्न थालिन् । अर्कोपटक उनी हटपट मर्मत गराउन गइन् । मर्मतकर्तासँग उनले ऋण सापट लिन थालिन् ।

सुरुमा चार–पाँच हजार ऋण लिएपछि उनले २ लाख रुपैयाँ मागिन् । पसल सञ्चालकले दुई लाख रुपैयाँ दिन आनाकानी गरेपछि उनलाई अस्मिताले ठमेलमा गएर सँगै खाजा खान आग्रह गर्छिन् । एकपटक उनीहरूले ठमेलमा गएर खाजा खाएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काले बताए ।

अस्मिता जाल बिछ्याउँदै थिइन् । एकदिन उनले प्रस्ताव गरिन्, ‘सिनामंगल तिर एउटा होटलमा गएर बसौँ ।’ दुवैजना होटलमा पुग्छन् । होटलमा गएपछि अस्मिताले ‘रकम नदिए बलात्कार मुद्दामा फसाउँछु’ भनेपछि पुरुष छाँगाबाट खसेजस्तै भए । अस्मिताले पुरुषसँग १० लाख माग्न थालिन् ।

४ दिनसम्म पैसा नदिएपछि राइसकुकर मर्मतकर्ताको छोराको फेसबुक म्यासेन्जरमा म्यासेजर गरेर उनले भनिन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरेको छ, प्रहरीकहाँ उजुरी लिएर जान्छु ।’

त्यसपछि मर्मतकर्ताको परिवारमा हल्ला फैलियो । उनी १० लाख दिन राजी भए । ३ लाखको चेक दिएर एक हप्तामा दिने सहमति गरे ।

घटनाबारे जानकारी पाएपछि अस्मितालाई ३ लाख चेक लिएको अवस्थामा चेकसहित पक्राउ गरिएको एसपी काजी कुमार आचार्यले बताए ।

आरोपीको बयान : अस्ट्रेलिया जाने खर्च जुटाउन योजना बनाएँ

अस्मिताले अस्ट्रेलिया जाने खर्च जुटाउन मर्मतकर्तालाई हनीट्रयापमा पार्ने योजना बनाएको प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ, म पनि जाने तयारीमा थिएँ पैसाको खाँचो थियो ।’

हनीट्रयापलाई उनले खर्च जोहो गर्ने माध्यम बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अनुसन्धानमा संलग्न डीएसपी खड्काले बताए । अस्मिताले बिबिए सम्मको अध्ययन गरेकी छन् ।

काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर बस्ने अस्मिताविरुद्ध प्रहरीले अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.