• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

देवघाट महामहोत्सवमा सांसद हरि ढकालको प्रहार : “धर्म नमान्ने र भ्रष्टाचारी सांसदहरू सबै धुन्धुकारी हुन्”


चितवन क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय हरि ढकालले देवघाट महामहोत्सवमा सहभागी भई धार्मिक वातावरणको खुलेर प्रशंसा गरे। उनले महोत्सवको सफलताको शुभकामना दिँदै राजनीतिमा कुनै सुख–शान्ति नभएको, साँचो आनन्द भने सत्संगमा मात्रै पाइने धारणा व्यक्त गरे।

सांसद ढकालले हालको राजनीतिक वातावरणको कटाक्ष गर्दै भने, “आज संसद भवन गाली गलौजको थलो बनेको छ। त्यहाँ बहसभन्दा गाली बढी हुन्छ। म भने संसदमा जब गाली–गलौज हुन्छ, ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम, राम राम हरे हरे’ जपेर बस्छु।”
उनले वर्तमान राजनीतिमा कलियुगको प्रभाव गहिरो रूपमा परिसकेको भन्दै भने, “४ लाख ३२ हजार वर्षको कलियुगको केवल ५ हजार वर्ष मात्र बितेको छ, तर राजनीतिमा भने कलियुगको प्रभाव पूरा परिसक्यो। टाउकोमा कलियुगको बास भएका नेताहरू छन्, जो एक दिन यमराजले बोलाउनेछन् भन्ने नै बिर्सेका छन्।”

सांसद ढकालले भ्रष्ट्राचारमा लिप्त राजनीतिक व्यक्तिहरूलाई कठोर शब्दमा प्रहार गरे। उनले भने, “नाम मात्रै हरि भएर हुँदैन, भित्र पनि हरि हुनुपर्छ। मा मनको हरिलाई बढाउने प्रयासमा छु | एक दिन मर्नुपर्छ भन्ने चेत भएका नेताहरू त भ्रष्टाचार गर्दैनन्। तर, आज भ्रष्ट नेताहरू जनताले तिरेको करमा हात लम्काइरहेका छन्। यस्ता सांसदहरू सबै धुन्धुकारी हुन्।”

महामहोत्सवको आयोजनाले समाजमा सकारात्मक ऊर्जा प्रवाहित गरिरहेको बताउँदै सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजलाई उनले धन्यवाद दिए। उनले भने, “महोत्सवमा देखिएको युवा सहभागिता र आकर्षण अत्यन्त उत्साहजनक छ। यसले समाजमा ठोस सकारात्मक परिवर्तन ल्याउनेछ।”
मातापिता सेवाश्रम र देवघाट दिव्यधाम निर्माणका लागि राज्यबाट प्राप्त हुनुपर्ने सहयोग रोकिएमा आफू त्यसको लागि पहल गर्न तयार रहेको प्रतिबद्धता जनाए। उनले भने, “यदि कुनै फाइल अड्कियो भने हरि ढकाललाई सम्झनुहोस्, म त्यसलाई अघि बढाउन सक्दो प्रयास गर्नेछु।”
अन्तिममा सांसद ढकालले सबैलाई धार्मिक संस्कारको प्रवर्द्धन गर्दै सत्संग, ध्यान, र नाम किर्तनमार्फत समाजमा आस्तिकता बढाउने प्रेरणा दिन आग्रह गरे। उनले भने, “भागवतको अन्तिम उपदेश नै नाम किर्तन हो। त्यसैले सबैले भजन, सत्संग, र आध्यात्मिक साधनामा लागौं।” सांसद हरि ढकालको धर्म र आस्तिकताको खुलेर समर्थन, भ्रष्टाचारमाथि कडा प्रहार, र देवघाटको धार्मिक परियोजनामा राज्यले आवश्यक सहयोग गर्नुपर्ने धारणा महामहोत्सवमा आकर्षण बन्यो। उनको उपस्थितिले राजनीति र आध्यात्मिकताको सहकार्य कसरी समाज सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने देखाएको छ।

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.