चितवन , माघ १७ – चितवनको भरतपुर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाको १४औ बार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । गत बर्ष भएको अधिबेशन पछि निर्वाचित पदाधिकारीले टोलमा भए गरेका काम र आगामी योजनाका बारेको जानकारी सहित साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा कार्यक्रमको प्रमुख अतिथी वडा नम्बर ७ का कार्यबाहक वडा अध्यक्ष मिन बहादुर गुरुङ र बिशिष्ठ अतिथी वडा सदस्य अमृता गौतम रहनु भएको थियो ।
साधारणसभामा संस्थाका सचिव पृतिमा ठाडा मगरले संस्थाले एक बर्षको अबधिमा भए गरेका काम र प्रगतिका बारेमा तथा संस्थाका कोषाध्यक्ष शिव श्रेष्ठले आय ब्यय तथा खर्च कोष लगायत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सोही कार्यक्रममा टोल बिकास संस्थाको प्रतिनिधित्व गर्दै विभिन्न समयमा वडामा भएका खेलकुद प्रतियोगितामा समाबेश भै बिजयी खेलाडीहरु लाई कदर पत्र तथा टोल बिकास संस्था लाई सहयोग पुर्याउने टोलका अगुवाहरु लाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी गत बर्षको प्रबेशिका (एसईइ )परिक्षामा सर्बोकृष्ठ नतिजा ल्याउने टोलका २ जना सदस्यका छोराछोरी लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा अतिथीहरु संस्थाका संस्थापक अध्यक्ष हितमान गुरुङ , पुर्व अध्यक्षहरु ज्ञानु लौडारी ,प्रकाश सापकोटा तथा निबर्तमान अध्यक्ष केदारनाथ बोहरा लगायतले साधारणसभाको सफलताको कामना गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष नवीन रेग्मीले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कालीमाया गुरुङ र संचालन सचिव पृतिमा ठाडाले गर्नु भएको हो । हाल टोल बिकास संस्थामा १ सय ८७ घर परिवार आवद्ध रहेका छ्न ।