२० वर्षीया एक युवतीले बच्चा जन्माएर झाँडीमा फालेको पाइएको छ । काठमाडौं महानगरपालिका २६ महाराजगञ्जस्थित पवित्रनगरमा झाँडीमा बच्चा रुदै गरेको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले नवजात शिशु फेला पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार बुधबार दिउँसो १२ बजेर ३० मिनेट जाँदा पवित्रनगरस्थित झाँडीमा नवजात छोरी शिशु रोइरहेको अवस्थामा फेला परेका थिए । झाँडीमा शिशु फाल्ने आमा पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार अविवाहित युवतीले उमेर पुगेर नै बच्चा जन्माएको अनुसन्धानमा खुलेको छ । परिसर काठमाडौंका डीएसपी एंव प्रवक्ता प्रमेश विष्टले आमालाई नियन्त्रणमा लिएको जानकारी दिए । बच्चासहित आमालाई कान्ति बाल अस्पताल लगिएको छ ।